राजदूत राजभण्डारी समेतको सहभागीतामा जापानका नेपालीले होली मनाए

Posted on: May 02, 2016 | views: 366

९ चैत, टोक्यो ।
जापानका लागि नेपाली कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारी समेतको उपस्थितिमा जापानमा रहेका युवाहरुले सामुहिक होलि कार्यक्रम मनाएका छन् ।

राजधानी टोक्योमा नेपाल जापान विद्यार्थी समाजले आयोजना गरेको होली विशेष कार्यक्रममा राजदूत राजभण्डारी समेतको उपस्थिति भएको हो ।

होली खेल्न आएका नेपाली युवाहरुले कार्यवाहक राजदूत राजभण्डारीबाट होलीको प्रसाद स्वरुप टिका थापेर होली खेलेका थिए । सो अवसरमा प्रवासमा रहेर पनि नेपाली युवाहरुले आफ्नो धर्म र संस्कृतिको जगेर्ना गर्दै सामुहिक रुपमा होलि पर्व मनाएको देख्न पाउँदा खुशी लागेको बताउनुभयो ।

हामीले नगरे कसले गर्ने, एमआरआर जापानका प्रतिनिध सहित अध्ययन तथा रोजगारको लागि जापानमा रहेका युवाहरुको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।

जापानको राजधानी टोक्यो सहित नागोया तथा विभिन्न स्थानमा रहेका नेपालीहरुले सामुहिक रुपमा साथिभाई तथा आफन्तजन भेला भएर होली पर्व मनाएका छन्

फोटो साभार : शान्ति सिग्देल र नेपाल जापान विद्यार्थी समाज, Jeewan Aryal  फेसबुक