रत्नसिंह बस्नेतको अध्यक्षतामा गल्कोट स्पोर्टस क्लब जापान गठन

Posted on: June 15, 2017 | views: 227

टोकियो ।

गल्कोट स्पोर्टस क्लब, टोकियो जापानले प्रथम अधिवेशन मार्फत रत्नसिंह बस्नेतको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।


 ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मुल नाराका साथ गल्कोट स्पोर्टस क्लवले बस्नेतको नेतृत्वमा २८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।


कार्यसमितिको उपाध्यक्षहरुमा निम खड्का, बिजय भण्डारी र देवेन्द्र खत्री चयन गरेको क्लवले महासचिवमा लक्ष्मण कार्कीलाई चयन गरेको छ ।


सचिवमा दुर्गाबहादुर खत्री, कोषाध्यक्षमा महेन्द्र साहनी र सह-कोषाध्यक्षमा डिलाराम निउरे चयन भएका छन् ।


कार्यसमिति सदस्यहरुमा लक्ष्मण भण्डारी, प्रकाश निउरे, दिपेश खत्री, चित्र चोखाल ९नारायण०, लोकेश खत्री, भबिन थापा, ध्रुब कडेल चयन भएका छन् ।


यस्तै हिमाल कडेल, राजु बस्नेत, तेजिन्द्र बस्नेत, संजय साहनी, हरि भण्डारी, गणेश के।सी, संन्तोस के।सी, रबिन भण्डारी, राजा खत्री र बसन्त खड्का चयन भएका छन् ।


कार्यसमिति चयनका लागि गलकोट समाज जापानका सल्लाहकार बेलुकाजी थापाको संयोजकत्वमा दिलु खत्री, कालिका थापा, रामकृष्ण बम मल्ल र नविन निउरे सदस्य रहेको पाँच सदस्यीय निर्वाचन सम्वन्वय समिति गठन गरिएको थियो । समितिले सवै पदमा सर्वसम्मत नेतृत्व चयन गराएको हो ।


निवर्तमान गिरीप्रसाद शेरचनको अध्यक्षतामा भएको उद्घाटन सत्रमा कार्यक्रमका अतिथिहरुलेसफलताको शुभकामना दिएका थिए ।



सचिव रामकृष्ण बम मल्लले सञ्चालन गरेको कार्यक्रममा गल्कोट समाज जापानका अध्यक्ष नरहादुर थापा, बरिष्ठ उपाध्यक्ष दिलु खत्री, गल्कोट समाजकी उपाध्यक्ष तथा एनआरएनए जापानकी महिला प्रतिनीधि कालिका थापा, सविता श्रेष्ठ, राम थापा, रतन थापा, बेलुकाजी थापा, चन्द्र खत्री लगाएतका अतिथिहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।


सन् २०१५ मा स्थापना भएको गल्कोट स्पोर्टस् क्लब नेपालको बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापानमा अध्ययन, रोजगारी तथा व्यवसाय गर्दै आएका युवाहरु आवद्ध खेलकुद क्लव हो ।


जापानमा हरेक बर्ष मैत्रीपुर्ण भलिबल प्रतियोगिता गर्दै आएको क्लवले नेपालमा समेत आफ्नो क्षेत्रमा विभिन्न खेलकुदका सामग्री सयहोग तथा जापानमा हुने सामाजिक कामहरुमा सक्रिय रहँदै आएको छ ।