जापान टोक्योमा पनि फागू पर्व मनाईंदै

Posted on: May 02, 2016 | views: 233

८ चैत, टोक्यो ।
जापानमा रहेका नेपालीहरुले सामुहिक रुपमा यस बर्षको फागू पूर्णीमा अर्थात् होली मनाउने भएका छन् ।

 ‘कला संस्कृति जगेर्ना गरौ ,विदेशी भूमिमा नेपाल लाई चिनाऊ ‘भन्ने नारा सहित नेपाल जापान विद्यार्थी समाजले फागू पर्वको अवसरमा कार्यक्रम राखेको हो ।

जापानमा रहँदै आएका नेपाली समुदायबीच एक आपसमा सम्वन्ध विस्तार र भेटघाट सहित शुभकामना आदान प्रदान गर्न फागू कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रम राजधानी टोक्योको ओकूबो नजिक रहेको सोलमारी रेष्टुरेष्टमा हुने भएको छ । भोली मार्च २२ तारिखका दिन मध्यान्ह १२ बजे देखी कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ ।

आयोजक संस्थाले पुराना रिसराग र बैनश्यता त्यागेर आपसी सम्वन्ध र रमाईलोको पर्व समेत मानिने फागुपूर्णिमामा रमाईलो सँगै रगंमा रमाउन सबै नेपाली समुदायमा उपस्थितिको लागि अनुरोध गरेको छ ।