रुपन्देही समाज जापानद्धारा नयाँबर्ष विशेष कार्यक्रम

Posted on: May 03, 2016 | views: 208

८ चैत, टोक्यो ।
जापानमा रहेका रुपन्देही जिल्लाका नेपालीहरुले नेपाली नयाँ वर्ष २०७३ सालको अवसरमा विशेष कार्यक्रम गर्ने भएका छन् ।

रुपन्देही समाज जापानले टोकियोमा भव्य कार्यक्रमको आयोजना गर्ने भन्दै उपस्थितिको लागि सबैसँग आग्रह गरेको छ ।

रुपन्देही समाज जापानका कार्यबाहक अध्यक्ष विनोद भुषालका अनुसार अप्रिल १२ तारिकका दिन सिनोओकुवोमा कार्यक्रम गरिने भएको छ ।

कार्यक्रममा शुभकामना आदान प्रदान गरिनुका साथै संस्थाको विषयमा महत्वपूर्ण छलफल र निर्णय गरिने भूषालको भनाई छ ।

सो अवसरमा विभिन्न नाचगान र मनोरञ्जनात्मक कार्यक्रम पनि गरिने छ । कार्यक्रम साँझ ६ वजेबाट सुरु हुने अभ्यक्ष भुसालको भनाई छ ।