क्योउदाइ रेमिटान्सले ओसाकाबाट सेवा थाल्यो

Posted on: May 02, 2016 | views: 236

७ चैत, टोक्यो ।
क्योउदाइ रेमिटान्स ९आईएमई०ले कान्साई क्षेत्रका सेवाग्राहीहरुलाई लक्षित गरेर नामबाको बिक कामेराबाट सेवा थालेको छ ।

आफ्नै कार्यालय स्थापना गरी क्योउदाइले सेवा विस्तार गरेको हो । जापानस्थित पेरु दूताबासका राजदुत एलार्ड एसकला, आईएमईका महानिर्देशक हेमराज ढकाल क्योउदाइ रेमिटान्स का अध्यक्ष किमोतो युइचिरो, मिज़ुहो बैंकका जनरल म्यानेजरले संयुक्त रुपमा कान्साई ओसाका नामबाको कार्यालय उद्घाटन गरेका छन् ।

क्योउदाइ रेमिटेन्सले नेपाल सहित विश्वका धेरै देशमा रेमिटेन्स मार्फत रकम पठाउने काम गर्दै आएको छ ।

क्योउदाइ रेमिटेन्सले जापानको दोस्रो ठुलो शहर ओसाकाको प्रमुख स्थल नाम्बाको बिकु कामेरामा कार्यालय स्थापना गरेसँगै जापानभरि क्योउदाइको शाखा संख्या १६ पुगेको छ ।