आर्थिक अभावले उपचारमा समस्या परेका मगरको उपचार खर्च जुटाउन पहल

Posted on: May 03, 2016 | views: 221

८ चैत, टोक्यो ।
आर्थिक अभावका कारण मुटुमा देखिएको समस्याको उपचारमा समस्यामा परहेका जापानमा अध्ययनरत एक नेपाली युवाको उपचार खर्च जुटाउन युवाहरुले पहल थालेका छन् ।

साँडे दुई बर्ष अघिदेखी अध्ययनको लागि जापानमा रहेका गोरखा ९ विरेन चौकका टिका रानामगरको मुटुमा समस्या देखिएपछि उपचार खर्च अभाव हुँदा रकम संकलन अभियान थालिएको हो ।

एकपटक उपचार गरेपनि रोग बल्झिएपछि पुन उपचार गर्न अप्रेसन गर्नुपर्ने र १० लाख बढी जापानी ऐन लाग्ने भएका कारण सहयोग जुटाउन थालिएको हो ।


आईतवार टोकियो सिनोओकुवोमा विरामी मगरकी दिदि कौशिलाले आफनो भाईको उपचारमा सहयोग गर्न जापानवासी नेपालीहरुमा अपिल गर्नुभएको छ ।

यसैवीच मुटुको प्वालमा पुन समस्या देखिएका टिका रानामगरको उपचारमा सहयोग जुटाउन नेपाल जापान विद्यार्थी समाज, हामीले नगरे कसले गर्ने अभियानका अभियन्ताहरुले टिकाको उपचारमा सहयोग जुटाउन सहयोग समिति गठन गरेका छन ।

हामीले नगरे कसले गर्ने अभियानका अन्तराष्ट्रिय संयोजक दीपकवावु नेपालको संयोजकत्वमा सन्तोषवावु चोखाल र चेतन पौडेल सदस्य रहेको” टिका राना मगर बचाउ अभियान ” समिति गठन गरिएको छ ।

भेलाले विरामी टिकाका लागि सहयोग गर्न ईच्छुक महानुभावहरुले जापान पोष्ट वैकको खाता नम्वर १०१२०-८१७४००५१ मा सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।

दुवैसंस्थाले सहयोग गर्ने दाताको नामावली सामाजिक संजाल मार्फत सार्वजानिक गरिने” बताएको छ ।
 आर्थिक सहयोगको लागी निम्न नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ । दीपक बाबु नेपाल ( 080-4095-7101 ) , सन्तोष चोखाल ( 080-9820-4870 ) , चेतन पौडेल ( 080-6874-9751 ) , समीर देव खनाल ( 070-1423-4503 )