राष्ट्रपतिलाई जापानी राजदूतले भेटे

Posted on: May 02, 2016 | views: 249

६ चैत, काठमाडौं ।
नेपालका लागि जापानका राजदूत मासागी ओगावाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग 'जाइका' का प्रमुख प्रतिनिधि चुतोमु सिमिजुका सहितको भेटमा नेपालमा सञ्चालित जापानी परियोजनाका बारेमा छलफल भएको बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जापान सरकारका तर्फबाट नेपालमा भएको सहयोगको प्रशंसा गर्दै दुई बर्षदेखी रहँदै आएको ६० बर्ष पुरानो दौंत्य सम्वन्धलाई अझ बलियो बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार जाइकाका प्रमुख प्रतिनिधि नेपालको कार्यकाल पूरा गरी जापान फर्कन लागेको केही समय अघि यो भेट भएको हो ।