जापानमा आत्महत्या संख्या घट्यो, तर नेपालीको संख्या बढ्यो

Posted on: May 02, 2016 | views: 268

६ चैत, जापान ।
जापानमा अध्ययन तथा कामको लागि आएका नेपालीहरुले आत्महत्या गर्ने क्रम बढेपनि जाापनमा कुल आत्महत्याको संख्यामा भने कमी आएको छ ।

जापान सरकारले सार्वजनिक गरेको रिपोर्ट अनुसार जापानमा आत्महत्या गर्ने मानिसहरुको संख्या घटेको छ ।
सन् २०१५ मा पछिल्लो ६ वर्षमा सबैभन्दा कम आत्महत्या भएको छ । यो बर्ष ५.५ प्रतिशतले आत्महत्या गर्नेको संख्यामा कर्मी आएको छ ।

जापानको राष्ट्रिय प्रहरी निकायले सार्वजनिक गरेको रिपोर्ट अनुसार सन् २०१४ मा २३ जनाले आत्महत्या गरेका थिए । यसको कारणमा अधिकांश आत्महत्या जापानमा २०११ मा गएको भूकम्प, सुनामी र न्युक्लियर क्राईसिस देखिएको थियो ।

२३ जना मध्ये फुकुसिमामा मात्रै १९ जनाले आत्महत्या गरेका थिए भने बाँकी ३ जनाको आवेट र मिगाईमा भएको थियो ।

जापानमा सन् २०१६ मात्र मात्रै अध्ययनका लागि आएका एक युवा र वर्किगं भिषामा आएका अर्का एक युवाले रेलको लिगमा हाम फालेर आत्महत्या गरेको घटना सार्वजनिक भएको छ भने विभिन्न कारणले मृत्यु भएका नेपालीको संख्या बढ्दै गइरहेको छ ।

स्वास्थ्य सम्वन्धि जानकारीको कमी, काममा आउनेको हकमा न्युन तलब, काम नपाउने तथा विभिन्न रोग र मानसिक समस्याका कारण नेपालीहरुले आत्महत्या गर्ने क्रम बढेको देखिएको छ ।
जुन विवरणहरु जापान सरकारले सार्वजनिक गरेको अघिल्लो बर्षको तथ्यांकमा उल्लेख छैन ।