बिपी नेत्र प्रतिष्ठानलाई जापानद्वारा ९८ लाख सहयोग

Posted on: May 02, 2016 | views: 235

६ चैत, काठमाडौँ ।
जापान सरकारले बिपी नेत्र प्रतिष्ठानलाई बाल अस्पताल तथा पुर्नस्थापना सेवाको लागि छात्राबास बनाउन करिब ९८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सहयोगसम्बन्धी सम्झौतामा नेपालका लागि जापानी राजदूत मासाही ओगावा र प्रतिष्ठानका अध्यक्ष डा पूर्णचन्द्र कर्माचार्यले हस्ताक्षर गरेका छन् ।

नेपालस्थित जापानी दूतावासले दिएके जानकारी अनुसार उक्त रकम प्रतिष्ठानद्वारा स्थापित बाल अस्पताल तथा पुनःस्थापना सेवा 'चियर्स' को छात्रावास निर्माणका लागि खर्च गरिनेछ ।

छात्रावासमा नेत्र तथा सुस्त श्रवण भएका बालबालिकालाई राखेर उपचार गरिने बताइएको छ ।

सन् १९९१ मा स्थापना भएको प्रतिष्ठानले नेत्र स्वास्थ्य क्षेत्रमा सेवा दिंदै आएको छ ।