सपनाको दशौं शाखा इकिबुकुरो इसोला बिल्डिङ्मा

Posted on: May 09, 2017 | views: 1446

टोकियो ।

जापानमा नेपाली, भारतीय, थाई, भियतनामी र फ्रेन्च परिकारको लागि छुट्टै परिचय बनाएको सपना ग्रुपले आफ्नो दशौं शाखा रेष्टुरेण्ट राजधानी टोकियोको इकिबुकुरो स्टेशनमा रहेको इसोला बिल्डिङ्ंमा विस्तार गरेको छ ।


यसअघि राजधानी टोकियोको विभिन्न नवौं स्थानमा शाखा खोलिसकेको सफल व्यवसायिक ग्रुप सपनाले दशौं शाखाको रुपमा इकिबुकुरो खोलेको हो ।


विशेषगरि नेपालीहरुले व्यवसाय गर्ने क्षेत्रभन्दा फरक स्थानमा आफुलाई विस्तारको रणनीति अपनाएको सपनाले पछिल्लो समय व्यापारिक हब बन्दै गएको इकिबुकुरोको व्यवसायिक भवन इसोलामा आफ्नो शाखा खोलेको हो ।



जापानमा सफल युवा व्यवसायिको रुपमा समेत परिचित भुवन अधिकारीले अबको लक्ष्य राजधानी टोकियोको प्रमुख रेल स्टेशन 'एकि' भित्र खोल्ने रहेको भन्दै यसको सुरुवात दशौं शाखाको रुपमा इकिबुकुरो खोलिएको बताउनुभयो ।


'जापानको एकि भित्र नेपालीहरुले रेष्टुरेण्ट खोल्न ज्यादै मुश्किल छ' सपना ग्रुपका प्रमूख अधिकारीले भन्नुभयो-'करिव करिव नेपालीहरुले खोलेकै छैन भन्दा पनि हुन्छ, सपनाले सामान्य नेपालीले खोल्न नसक्ने ठाउँमा विस्तार गर्ने योजना सहित २०१७ को पहिलो रेष्टुरेण्ट विस्तार गरेको हो ।'




सपना ग्रुपले यसअघिनै इइदाबासी, सुइदोउबासी, खागुराजाका, इइदाबासी प्लानो, किन्सिच्यो, आकिहाबारामा सफल व्यवसाय गर्दै आएको छ ।


यसैगरि थाकेबासी, आकाशाका र सुइदोउबासीमा फ्रेन्च विस्त्रोको सफल व्यवासाय सञ्चालन गर्दै आएको सपना ग्रुपले करिव १ सय जना नेपालीलाई रोजगार दिंदै आएको छ ।

सपना ग्रुपमा नेपाली बाहेक थाई तथा जापानी समेत गरि करिव १ सय ५० जनाले रोजगार पाएका छन् ।




सपना ग्रुपले रेष्टुरेण्ट व्यवसाय बाहेक मुस्ताङ बियरको आफ्नै उत्पादन जापानमा विक्रि गर्दै आएको छ ।