जापान ८ महिना अघि आएका झापाका डाँगीको असामयिक निधन

Posted on: April 16, 2017 | views: 2384

टोकियो ।

बैदेशिक रोजगारिका शिलशिलामा जापान आएका झापा शनिश्चरे ३ का खेमराज डाँगीको असामयिक निधन भएको छ ।

८ महिना अघि मात्र कुक कामको लागि जापान आएका डाँगीको गएराति अअकस्मात निधन भएको डाँगीका साला राजकुमार कुँवरले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

कुँवरका अनुसार यहि अप्रिल १५ तारिखका दिन कार्यरत कम्पनिले आयोजना गरेको सभामा भोज खाएर सुतेकोमा शरिर चिसो पाएपनि उनलाई तत्काल अस्पताल लगिएपनि बाटैमा राती साँडे ९ बजे निधन भएको हो ।

जापानमा आफन्तको रुपमा कुँवर मात्र रहेका डाँगीको नेपालमा आर्थिक अवस्था कमजोर रहेको बताईएको छ । नेपाल शव पठाउन ठूलो रकम लाग्ने भएपछि मृतक डाँगीका श्रीमतीले एकपटक मात्र भएपनि श्रीमान्को अनुहार हेर्ने धोको रहेको भन्दै जापानमै दाहसंस्कार गर्न र एकपटक श्रीमान्को अनुहार हेर्न जापान आउन अनुरोध गरेको राजकुमार कुँवरे जानकारी दिनुभयो ।

३६ बर्षिय डाँगीको शवको दाहसंस्कारको लागि आर्थिक सहयोग गर्न भन्दै अभियान थालिएको छ । यसको लागि उनका साला राजकुमार कुँवरको जेपी बैंकको खातामा जापानमा रहनुभएका सबैलाई सक्दो सहयोग गर्न अनुरोध गरिएको छ ।

सबैलाई यो सन्देश शेयर गर्न भन्दै प्राप्त विवरण यस्तो छ


झापा सनिस्चरे ३ घर भयेको जापानमा ८ महिना अगाडी आउनु भयएको र हाल कामता स्थित राईस सेन्टर (बेन्तो ) मा कार्यरत खेम राज डाँगी को हिजो मिति २०१७ साल अप्रिल १५ तारिक मा कम्पनिको काम सकी साधारण सभा मा खानपिन गरी आराम को लागी १५ मीनेट जती सुतेको अवस्था मैं साला भाई ले उठाउन जादा शरीर चिसो भयको ले कामता स्थित तोहोइदाई हस्पिटलमा लैजादै गर्दा २१:३५ मा देहबसान भयेको छ ।

जापान मा नजिक को भनेको सालो राज कुमार कुंवर बाहेक अरु कोहि नभयेकोले मृत्रकको पार्थिब शरिर नेपाल लानको लागी आर्थिक अवस्था कम्जोर भएकोले जापान स्थित सम्पूर्ण सहयोगी मनहरु मा आर्थिक सहयोग को लागि अनुरोध गरिन्छ ।

फोटोमा मृतक खेम राज डाँगी र आर्थिक सहयोग को लागि सालो राजकुमार कुंवर को जापान को बैंक खाता राखीएको छ। सहयोगी मन हरुमा अपिल सहित यो सूचना सबैमा पुग्न सक्नी forward गर्दिनु हुन अनुरोध गरिन्छ ।

अन्य कुनै सूचनाको लागि ०८० -३७०७ -९७००मा राजकुमार कुँवर लाई सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ।