जापानमा आमाले १३ बर्षे छोरो झ्यालबाट फालेर मारिन्

Posted on: April 01, 2016 | views: 248

३ चैत, टोक्यो ।
समाज सभ्य हुँदैमा सबै व्यक्ति सभ्य हुन्छन् नै भन्ने नहुँदो रहेछ । देश विकाशमा आकशे गतिमा अघि बढेपनि सोच र सध्यता त्यो अनुसार हुन सक्दो रहेनछ । यस्तै एक मानव सभ्यता विपरितको कहालिलाग्दो अपराध गरेकी छिन् जापानी आमाले ।

जापानी सञ्चार माध्यमहरुले यहाँको प्रहरीलाई उदृत गर्दै उल्लेख गरे अनुसार राजधानी टोकियोको आरकावामा बस्ने ३५ वर्षीय महिलाले आफ्नो पाँच वर्षीय छोरालाई तेह्र तले भवनको झ्यालबाट खसालेर हत्या गरेकी हुन् ।

छोराको हत्यापछि प्रहरीले पक्राउ गरेर सोधपुछ गर्दा सहजै हत्या आरोप स्विकार गरेकी महिलाले डरलाग्दो कुरा के भने छोराको हत्या गरेर कुनै पश्चाताप नभएको बताएकी छिन् ।

सुरुमा हत्या आफूले नगरी शौचालय जाँदा बन्डाको ढोका खुल्ला देखेको र पछि हेर्दा छोरा तल खसेको पाएको जिल्ला अदालतमा बयान दिएकी थिइन् ।

तर ति महिलाको अपराध त्यतिखेर खुल्यो जतिखेर उनकै श्रीमान् अर्थात् हत्या भएका बालकका बावुले उनि बिरुद्ध छोराको हत्या आरोपमा प्रहरीमा उजुरी दिए ।

श्रीमानको पक्षमा बहस चलाएका वकिलले अदालतलाई उनी आफू बच्चा हुर्काउन असक्षम रहेको र पतिसंग मात्र बस्न चाहेको कुरा बताएकी थिइन् ।
पछि श्रीमान्ले केही अघि मात्र आफ्नी पत्निले छोराको घाँटी थिचेर हत्या गर्न खोजेको बताएपछि उनले हत्या आरोप स्विकार्दै त्यसमा अपशोच नरहेको बताएकी हुन् ।

बच्चाका बाबु भने घर आउँदा आफ्नो छोरालाई मृत देखेपछि अचेत भएका थिए । स्थानियले बच्चालाई भुइमा देखेपछि ११०मा फोन गरि प्रहरीलाई खबर गरेका थिए ।