कलेज नपाउने नेपालीका लागि 'जापानमा विद्यार्थीका लागि विद्यार्थी' अभियान

Posted on: May 02, 2016 | views: 294

मदन पाठक-२ चैत, टोकियो ।
कलेज परिवर्तन गर्ने समयमा कलेज नपाइरहेका नेपाली विद्यार्थीहरुको लागि सहयोग गर्न यहाँ विद्यार्थीका लागि विद्यार्थी अभियान सुरु गरिएको छ ।

नेपाल जापान विद्यार्थी समाज एनजेएसएस ले जापानमा कलेज जान नपाएका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्ने लक्ष्य सहित यस्तो अभियानको सुरुवात गरेको हो ।

विज्ञप्ती निकालेर नेपाल जापान विद्यार्थी समाजले कलेज जान नपाएका विद्यार्थीलाई सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

एनजेएसएसले साइतामाको एक विश्व विद्यालयसँग ३० विद्यार्थीको सम्भ्mौता समेत गरिसकेको भन्दै जापानिस र अंग्रेजी भाषामा आइटी, व्यवस्थापन र बिजनेशलगायतको पढाई हुने उक्त विश्व विद्यालय सहित अन्यत्र समेत अध्ययनको लागि सहयोग गर्ने बताएको छ ।

आकुवा ग्रुपको विशेष सहयोगमा समाजले ईमेल मार्फत समेत जानकारी लिन सक्ने बताएको छ । जसको लागि समाजले [email protected] ईमेल जापानमा रहेका नेपाली विद्यार्थीहरुको लागि उपलब्ध गराएको छ ।