'१५ मिनेटको नीति अनुसार काम गरिरहेका छौं'-राजदूत राजभण्डारी

Posted on: May 02, 2016 | views: 469

२ चैत, टोक्यो ।
जापानका लागि नेपाली कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारीले नेपाली राजदुतावास जापानले १५ मिनेटको नीति अनुसार छिटो छरितो काम गरिरहेको जानकारी गराउनुभएको छ ।

गैर आवासिय नेपालीसंघ एनआरएन कान्साइले “जापानमा नेपालीहरुको बर्तमान अवस्था त्यसमा राजदुतावास र जापानमा सक्रिय संघसंस्था हरुको भूमिका” बिषयमा गरेको अन्र्तक्रियामा बोल्दै राजदूत राजभण्डारीले यस्तो जानकारी गराउनुभएको हो ।

एन आर एन कान्साइका कार्यबाहक संयोजक भूमिराज दवाडीको सभापतित्वमा भएको अन्र्तक्रियामा प्रमुख अतिथिको रुपमा बोल्दै राजदूत राजभण्डारीले भन्नुभयो-"हामी नेपालीका यहाँ रहेका समस्याहरु समाधान गर्ने हरदम प्रयास गर्नेछौ र त्यसको सुरुवात पनि गरि सकेका छौ ।जसको लागि दुताबासले १५ मिनेट को नीति, अर्जेन्टअबस्थामा फोटो कपि दुताबासमा उपलब्ध गराउने तथा राहदानीको लागि नेपालमा प्रत्येक हप्ता फर्म पठाउने व्यवस्था गर्ने काम सुरु गरि सकेका छौं।”

दुतावासको भूमिकालाई थप राम्रो बनाउन दुताबासले हालसालै आफ्नो फेसबुक पेज बनाएर सर्बसाधारणको गुनासो सुनी समाधानको पहल गरिरहेको भन्दै राजदूत राजभण्डारीले आगामी दिनहरुमा नेपालीहरुका समस्यालाइ कसरि न्यूनिकरण गर्न सकिन्छ बारेमा दुतावासको तर्फ बाट गर्न सकिने जनचेतनामुलक कार्यक्रमको लागि दूतवासले अध्ययन गरिरहेको बताउनुभयो ।

सो कार्यक्रममा ओसाकाका कन्सुलर इमानिसी कुनियो एनआरएनए आइसीसी सदस्य तुलसी राम खरेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

संस्थाका सचिव अनुप पौडेलले संचालन गरेको सो कार्यक्रममा एनआरएनए कान्साइका निवर्तमान संयोजक तथा सल्लाहकार नरेन्द्र बस्नेतले कार्यक्रम आयोजना बारे प्रष्टपार्ने प्रयास गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि तथा उपस्थित व्यक्तिहरुले आ आफ्ना धारणा सहित जापानमा नेपालीहरुले भोग्नुपरेका समस्याका बारेमा धारणा राखेका थिए ।

पछिल्लो समय जापानमा लागू गरिएको माइनम्वर प्रणालीको विषयमा सहभागीहरुको जिज्ञासा सहित नेपालीहरुको भोग्नुपरेको समस्याका बारेमा राजदुत गेहेन्द्र राजभण्डारीले जानकारी गराउनुभएको थियो ।