जापानका शेर्पा समुदायले मनाए ग्याल्पो ल्होसार (फोटो फिचर)

Posted on: March 06, 2017 | views: 497

टोकियो ।
जापानमा रहेका शेर्पा समुदायले २१४४ औं मे मो च्यालो ग्याल्पो ल्होसार शुभकामना आदान प्रदान एवं सांस्कृतिक कार्यक्रम गरि मनाएका छन् ।

शेर्पा सँघ टोकाइ जापानले आयोजनामा गरिएको सांस्कृतिक कार्यक्रममा जापानमा छरिएर रहेका शेर्पा समुदायको उल्लेख्य सहभागीता रहेको थियो ।

बौद्ध धर्मको परम्परा अनुसार धार्मिक विधिबाट साङ सेर्केम पुजागरी सुरु कार्यक्रममा शेर्पा जातिहरूको मौलिक भेषभुषामा सझिएर शेर्पा समुदायका व्यक्तिहरु उपस्थित भएका थिए ।

कार्यक्रममा शेर्पा समुदायको मौलिक परिकारका खाना तथा पेयपदार्थका साथमा बिभिन्न शेर्पा संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।



कलाकारहरु शेर्पा टुङना गायक सोनाम जाङबु तथा मिरा दर्लामी मगर, लक्ष्मी तामाङ लगायत कलाकारहरुले आफ्ना गित तथा कला प्रस्तुत गर्नुभएको थियो ।