चितवन समाज जापानद्धारा बृहत भेला आयोजना

Posted on: May 03, 2016 | views: 321

मदन पाठक-१ चैत, टोक्यो ।
चितवन समाज जापानले यही मार्च २० तारिखका दिन राजधानी टोक्योमा बृहत भेलाको आयोजना गरेको छ ।

चितवन समाज जापानले यहि अप्रिल २९ देखि मे ५ सम्म पर्ने गोल्डेन विक बिदालाई केन्द्रित गर्दै जापानका बिभिन्न शहरमा गर्न लागेको मनोरनजनात्मक कार्यक्रम ‪३चितवनधमाका २०१६‬ को सन्दर्भमा कार्यक्रममा छलफल गर्ने भएको छ ।
 
'चितवनबासिहरुको बृहद भेलामा जापानमा रहनुहुने सम्पूर्ण चितवनबासी दाजु भाई, दिदिबहिनि लगायत केन्द्रिय र क्षेत्रीय समितिका सम्पूर्ण पदाधिकारी ज्युहरु, सल्लाहकार ज्युहरु, कार्यक्रम ब्यबस्थापनका संयोजक र यस मातहतका सम्पूर्ण सदस्यहरुलाई अनिबार्य रुपमा उपस्थित भई आबश्यक सल्लाह सुझाब र टिप्पणी राखिदिनुहुन चितवन समाज जापान हार्दिक अनुरोध गर्दछ' समाजले भनेको छ ।

यसैगरि चितवनमा रहेको भरतपुर अस्पताललाई भिडियो एक्सरे मेसिन सहयोग जुटाउनको लागि जापानमा रहेका चितवनबासिहरुको बृहत भेलाको आयोजना गरिएको आयोजकले बताएको छ ।

आयोजक संस्थाका राम थापा अनिलले दिनुभएको जानकारी अनुसार भेलाले पिछडिएका बालबालिकाहरुको ्शिक्षामा समेत सहयोग गर्नेछ ।
भेलाबाट उठेको रकम सबैका लागि शिक्षा भन्ने नारा अनुसार सहयोग गर्नेछ ।

कार्यक्रम यहि मार्च २० तारिखका दिन आइतबार सिन्जुको ओकोबुमा रहेको टोक्यो रोधिक्लवमा हुनेछ ।

अपरान्ह ३ बजेबाट कार्यक्रम सुरु हुने भन्दै आयोजक चितवन समाज जापानले जापानमा रहेका सबै चितवनबासि सहित सबै नेपालीमा उपस्थित भई सामाजिक सहयोगको लागि आयोजित कार्यक्रममा सहभागीता जनाई सहयोग गर्न आग्रह गरेको छ ।