नेपाली दूतावास जापानद्धारा

Posted on: May 03, 2016 | views: 239

१ चैत, टोक्यो ।
नेपाली राजदूतावास जापानले गितकार नारायण कँडेलको नयाँ गिति एल्बम सलामीको सफलताको शुभकामना व्यक्त गरेको छ ।

राष्ट्र प्रेम र देशभक्तिले भरिएको गिति एल्बम सलामीलाई शुभकामना व्यक्त गर्दै यहाँस्थित नेपाली राजदूतावास जापानले गितकार कँडेललाई शुभकामना सन्देश केही अघि दिएको गितकार कँडेलले जानकारी दिनुभयो ।

कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारीद्धारा हस्ताक्षरित शुभकामना सन्देशमा मातृभूमिबाट टाढा रहेर पनि नेपाली गित संगितको क्षेत्रमा निरन्तर लागेकोमा गितकार कँडेलप्रति आभार प्रकट गर्दै दूतावासले सलामी एल्बमको सफलताको कामना गरेको हो ।

दूतावासले शूभकामना सन्देशमा आगामी दिनमा समेत नेपाली गित संगित, साहित्य र कलाको श्रृबृद्धिमा लागिरहन गितकार कँडेललाई शुभकामना व्यक्त गरेको छ ।

दूतावासबाट शुभाकामना सन्देश पाएपछि गितकार कँडेलले-'जापानमा ५५ हजार भन्दा बढि नेपालिहरुको अविभाबक नेपाली राजदुतावास टोकियो जापान बाट प्राप्त यो शुभकामना को निम्ति खुसी तथा हार्दीक आभारी रहदै आगामी दिनमा अझै बढि जिम्मेवारी थपिएको महसुस गरेको छु' सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
यस्तो छ नेपाली राजदूतावास जापानद्धारा गितकार नारायण कँडेललाई दिइएको शुभकामना सन्देश ।

Narayan-kadel-lyrists-music-nepal_interview-salami-album-video
गितकार कँडेलको नयाँ गित र उहाँका गितहरु हेर्न र पढ्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

एसएसपी रमेश खरेलले भने-'चाहिँदैन मलाई तोपको सम्मान र सलामी'(भिडियो सहित)

'दोहोरी गित फोहोरी हुन थाल्यो'-गितकार कँडेल'