टोकियो ।
नेपाली चलचित्र उद्योगमा व्यापारको सबै रेकर्ड तोड्दै नयाँ धारको सुरुवात गरेको बताइने चलचित्र लुट को दोस्रो सिक्वल लुट २ को प्रदर्शन जापानभर हुने भएको छ ।
पहिलो शो यहि फेब्रुवरी २५ तारिखका दिन राजधानी टोकियोमा हुन लागेको जानकारी दिंदै चलचित्र विक्रिको अधिकार पाएको टोक्यो ड्रिम्सले लुट २ को लागि अग्रिम टिकट बुकिङ आधा सकिएको जानकारी दिएको छ ।
नेपालमा यही १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र देशभर मल्टिफ्लेक्स सहितका चलचित्रघरहरुमा प्रदर्शन हुँदैछ ।
चलचित्र लुट २ जापानमा प्रदर्शन हुने जानकारी गराएलगत्तै टिकट बुकिंगको लागि अनुरोध आएपछि योजना भन्दा एकसाता अघिनै खुल्ला गरेको बताएको आयोजकले मेगुरो कुमिन सेन्टरमा २५ फेब्रुवरी साँझ ५ ३० बजेबाट हुने पहिलो शो को लागि दिनको १५/२० वटा टिकट बुकिगं आइरहेको जानकारी दिंदै समयमै टिकट बुकिगं गराउन सबैलाई आग्रह गरेको छ ।
शो अघि नै टिकट बुकिगं सकिने ठानिएको चलचित्र लुट २ हलमा आएर टिकट लिन समस्या हुनसक्ने भन्दै आयोजकले समयमै फोटोमा उल्लेखित नम्वरमा सम्पर्क गरेर टिकट बुकिगं गराउन आग्रह गरेको हो ।
दोश्रो सो मार्च ५ तारिकका दिन मेगुरो कुमिन सेन्टरमै हुने भन्दै आयोजकले उक्त शो को लागि समेत टिकट बुकिगं हुने क्रम बढिरहेको बताउँदै दुवै शो हाउसफुल हुने विश्वास व्यक्त गर्दै सबैलाई समयमै टिकट लिएर सहजरुपमा चलचित्र हेर्न आउन अनुरोध गरेको छ ।
चलचित्र लुट २ जापानको ओसाका, नागोया, फुकुओका, तोचिगी, सिजुओका लगायत स्थानमा प्रदर्शनको तयारी भइरहेको छ ।
चलचित्र लुट २ को ट्रेलर र गित यस्तो छ