कसको मन नपग्लेला यस्तो देखेपछि ? जापानमा थालियो मण्डल परिवारको लागि रकम संकलन

Posted on: January 26, 2017 | views: 851

टोकियो ।
१६ जनाको परिवारमा पालन पोषण गर्ने व्यक्तिहरु सबै अन्धोपनको शिकार बनेपछि खाना र कपडा समेत अभाव झेल्दै आएका सप्तरीका मण्डल परिवारको सहयोगको लागि जापानमा रकम संकलन थालिएको छ ।

नेपालमा विभिन्न सामाजिक कामको लागि सहयोग जुटाएर सेवा गर्दै आएका युवा शिव तण्डुकारले  सप्तरीका मण्डल परिवारको लागि रकम संकलन थाल्नु भएको हो ।

यसअघि धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माण नमुना बस्तीको लागि ८ लाख बढी रकम तथा अनुहारमा मासु पलाएपछि कष्ट झेल्दै आएका एक व्यक्तिको उपचारको लागि समेत ५ लाख बढी र अन्य सामाजिक काममा समेत सहयोग जुटाएर नेपाल पठाउँदै आएका तण्डुकारले सप्तरीका मण्डल परिवारको लागि आवास सहितको व्यवस्थाको लागि भइरहेको प्रयासमा सहयोग गर्न रकम सहयोग गर्न लागिएको जानकारी दिएका छन् ।



सामाजिक कामका सक्रिय रमेश प्रसाद शाह, कलाकारद्धय कुमार कट्टेल 'जिग्रि' र अर्जुन घिमिरे 'पाँडे' समेतको पहलमा भइरहेको सहयोगमा सक्दो सहयोगको लागि तण्डुकारले जापानमा रहनुभएका सबैसँग अनुरोध गर्नुभएको छ ।

संकलित रकमको विवरण र पठाइएको रकम समेतको विवरण स्पष्ट पार्दै पुष्प माघको जाडोमा समेत आगं ढाक्ने कपडा र खाने खान सहित ओतलाग्ने ठाउँसमेत भरपर्दो नभएका मण्डल परिवारको लागि थालिएको यो पहलमा साथ र सहयोग गर्न आग्रह गर्दै तण्डुकारले यस्तो आग्रह गर्नुभएको छ

नमस्ते ।
सप्तरीको मण्डल परिवारको सहयोगार्थ केहि रकम संकलन गर्ने सोच बनाएको छु । मेरो व्यक्तिगत तर्फबाट सहयोग गर्ने सोचेको थिए तर यदि कोहि साथीहरू ईच्छुक हुनुहुन्छ भने संयुक्त्तरूपमा पठाऊदा धेरै हुने भएकोले यो मेसेजबाट आग्रह गर्दैछु।

पहिले जस्तो बृहत आर्थिक संकलन अभियान यो पटक गर्ने छैन । फेसबुकमा मण्डल परिवारको समाचार सेयर गर्दा like र react buttom थिच्नुहुने साथीहरूलाई व्यक्तिगत अनुरोध गर्ने सोचे र त्यहि अनुरूप गर्दैछु ।

यस्तो पुष माघको जाडो मा अांग ढाक्ने एकसरो लुगा छैन, खानलाई गतिलो खाना छैन , ओत लाग्न बलियो घर छैन । समाचार पढेर पक्का तपाईलाई पनि निकै दुख लागेको हुनुपर्छ, थोरै भएपनि सहयोग गरौ भन्ने भएको हुनुपर्छ ।



आऊनुहोस् के कति सक्नुहुन्छ सहयोग गर्नुहोस् ।
तत्काल राहत पुराएको जिग्री (कुमार कट्टेल),पाँडे (अर्जुन घिमिरे) र समाजसेवी रमेश प्रसाद साह को टिमले मण्डल परिवारको लागि बस्ने घर बनाईदिने योजना बनाएका छन् । ऊनीहरूलाई साथ दिऔं ।