'म नेपाली हुँ' प्रतियोगिताका बिजेता बिनोद, श्रेयना उपबिजेता, स्मृतिलाई सान्त्वना

Posted on: January 20, 2017 | views: 1399

टोकियो ।
जापानमा आयोजित 'म नेपाली हुँ' फोटो प्रतियोगितामा बिनोद केसी बिजेता बनेका छन् ।

नेपाली पोषाक र नेपालीपन झल्कने पहिरन सहितको फोटो पठाएर फेसबुकमा राखेर सबैभन्दा बढी लाइक, कमेन्ट र सेयरका आधारमा गरिएको प्रतियोगिताको बिजेता बनेका केसीको फोटोमा ४ हजार बढी लाईक तथा २ सय ७८ सेयर र ७ सय बढी कमेण्ट आएका छन् ।

यसैगरि फस्ट रनरअप बनेकी श्रेयना भण्डारीको फोटोमा २९ सय बढी पटक लाइक तथा ६ सय २६ सेयर र ७ सय ३९ कमेण्ट आएका छन् ।

कमेण्ड र सेयर बिजेता बनेका केसीको भन्दा बढी देखिएपनि लाइक भने झण्डै २ हजार कम आएका कारण भण्डारी फस्ट रनरअप बन्न पुगेको पाइएको छ ।

यस्तै सान्त्वना बिनेता स्मृति राईको फोटोमा २१ सय बढी लाइक र ८ सय ८३ कमेण्ट आएका छन् । तर उनको फोटो सेयर भने १३ सय बढी पटक सेयर भएका छन् । तरपनि सेयर अनुसार लाइक भने नआएको देखिन्छ ।

यसैबिच नेसाजले यस प्रतियोगिताका बिजयीहरुलाई यहि फेब्रुअरी १९ मा ह्युमन स्टुडियो सेन्टर ईइदाबाशीमा एक भब्य कार्यक्रमको बिच पुरस्कार बितरण गर्ने बताएको छ ।

यस्तो छ नेसाजको विज्ञप्ति

म मेरो छिमेकिको लागि पल्ला घरे दाइको छोरारछोरी हो मेरो परिचय, अलि पर गाबिस छोडेर अर्को गाबिस पुग्दा मेरो गाबिस हो मेरो पहिलो परिचय, त्यो भन्दा अलि पर जिल्ला छोडेर बाहिर जादा मेरो जिल्ला हो मेरो पहिलो परिचय, एबमरितले टोल गाबिस जिल्ला हुँदै आज परदेशमा आइपुग्दा नेपाल हो मेरो परिचय, हो 'म नेपाली हु'

आदरणीय जापानबाशी नेपाली  दाजुभाइ तथा दिदिबहिनी,

उच्च शिक्षा अध्ययन को अभिलाषा बोकि परदेशको भुमिमा आउनु भएका हाम्रा अग्रजहरुले आज भन्दा झण्डै २० बर्ष पहिला सन् १९९७ मा स्थापना गर्नु भएको, प्रबाशी नेपालीहरुको सस्थाहरु मध्यको सबैभन्दा पुरानो, नेपाली बिध्यार्थी समाज जापान 'नेसाज' को आयोजना तथा गैर आबासिय नेपाली संघ एनआरएन जापान, नेपाली इन जापान लगाएत बिभिन्न संघ तथा सस्थाको साथ र सहयोगमा संचालित  'म नेपाली हु' फोटो प्रतियोगिता को अन्तिम परिणाम गए राती प्रकाशित भएको तथ्य यहाहरुमा सगौरब जानकारी गराउदछौ ।


२०१६ को डिसेम्बर २६ बाट शुरु भएको यस प्रतियोगिता मा प्राप्त १२७१ फोटोहरु बाट प्रतियोगिता को नियम भित्र रहेका ५४७ फोटोहरु बिच प्रतिस्पर्धा भएको जानकारी यहाहरु माझ राख्न चहान्छौ। हामिलाइ नेपालीत्व एवं नेपाली सास्कृतिक पहिचान झल्कने फोटो पठाइ सहयोग गर्नुहुने सम्पुर्ण महानुभाब प्रती हार्दिक कृतज्ञता ब्यक्त गर्न चहान्छौ। उक्त प्रतियोगिता को नतिजा यस प्रकार रहेको जानकारी गराउदछौ।
बिजेता : श्री बिनोद के सि
उप बिजेता : सुश्री श्रेयना भण्डारी
सान्त्वना : सुश्री स्मृति राई



 बिजयी प्रतियोगी हरुलाइ हार्दिक बधाइ सगै उत्तर उत्तोर प्रगतिको  शुभकामना ब्यक्त गर्दछौ। साथसाथै हामिलाइ यस प्रतियोगिताको दौरान मा महत्त्वपूर्ण सल्लाह सुझाब सहित सहयोग गर्नुहुने नेसाजका सल्लाहकार श्री जिज्ञान कुमार थापा, श्री सरोज कडेल, श्री जिवक बज्राचार्य, श्री ऋषि पराजुली, श्री बिजय ज्ञवाली लगायत आदरणीय ब्यक्तित्वहरुमा विशेष धन्यवाद टक्र्याउन चहान्छौ । यस प्रतियोगिताका एउटा हिस्सा एनआरएन जापानका अध्यक्ष श्री सुदन थापा लगायत पदाधिकारी, नेपाली इन जापानका सम्पुर्ण टिम लाई विशेष धन्यवाद ब्यक्त गर्दछौं ।

हामिलाई एबम हाम्रा प्रतियोगीलाई आकर्षक पुरस्कार को ब्यबस्था गरि थप हौसला प्रदान गर्नुहुने डिस्को जापान को सम्पुर्ण टिम, सिद्धार्थ रेमिटका संचालक श्री बाबुराम भण्डारी लगायत सम्पुर्ण टिम, सिल्क जापानका संचालक  लगायत सम्पुर्ण टिम लाई विशेष धन्यवाद ब्यक्त गर्दछौ ।

हामिलाइ जापान बासी नेपालीजनमा पुर्याउन सहयोग गर्नु हुने यस प्रतियोगिताका मिडिया पार्ट्नर नेपाल जापान डटकमका सम्पादक  श्री आनन्द कोइराला लगायत सम्पुर्ण टिम, मातृभुमी संदेशडटकम का सम्पादक श्री शान्त पहरी लगायत सम्पुर्ण टिम, टपनेपालन्युजडटकमका कार्यकारी सम्पादक गोकर्ण अधिकारी लगायत सम्पुर्ण टिम, एमआरआर जापानका साथिहरु, ओएनएस ग्रुपका पुर्ण गर्बुजा, सन्तोष लामा लगायत सम्पुर्णमा हार्दिक धन्यबाद ब्यक्त गर्न चहान्छौं ।

साथै प्रतियोगीको रुपमै सहभागी भै हामिलाइ हौसला दिनुहुने आदरणीय ब्यक्तित्व श्री ज्याक खड्का प्रती विशेष आभार सहित सहभागी सम्पुर्णमा विशेष धन्यवाद ।
आदरणीय महानुभाबहरु, हामिले यहि फेब्रुअरी १९ मा ह्युमन स्टुडियो सेन्टर ईइदाबाशी मा एक भब्य कार्यक्रमको बिच पुरस्कार बितरण कार्यक्रम आयोजना गर्न लागिएको हुदा उक्त कार्यक्रममा उपस्थित भै आवस्यक सर सल्लाह दिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं ।


धन्यवाद
नेसाज जापान