यमबुद्धको सम्झनामा बिपुलका आँखा रसाए, गिटार छाडेर हिँड्दा समेत फ्यानले नछाडेपछि (फोटो/भिडियो)

Posted on: January 15, 2017 | views: 5464

टोकियो ।

राजधानी टोकियो मात्र होइन नजिकका शहरबाट समेत सयौं नेपाली युवाको भेला देख्दा लाग्थ्यो नेपाली मेला लाग्दैछ टोकियोको रुने कोदारीमा ।

बिपुल क्षेत्री एण्ड ट्राभलिङ व्याण्ड सात समुन्द्र पारी परदेशको यो ठाउँमा हजार बढी नेपाली युवाहरुको भिड देखेपछि पुकलित नहुने कुरै थिएन । र त निरन्तर गुञ्जिए रामसाईली हुँदै, सिण्डिकेट, असार, नौ लाखे तारा अनि फेरी सिण्डिकेट ।



कतै एक पल गिटारको तारलाई रोक्न नदिनेगरि नेपाली युवाको हुटहुटी र बिपुल बिपुलको गुञ्जन सँगै सिण्डिकेटको माग हुँदा कार्यक्रम सकेर हिँडेका बिपुल फेरी फर्कीए र गाए भेट भयो आज हामी, सिण्डिकेटको माझ हामी

रामसाईली यमबुद्धलाई सर्मपर्ण गर्दा बिपुलका आँखा रसाए

चर्चीत र्यापर तथा गायक अनिल अधिकारी यमबुद्धको हिजो निधन भएको विषयलाई गितमै गुञ्जदै रामसाईली गित गाएका बिपुलले गित गाउँदै गर्दा केही अड्कँदै आँखा रसिलो बनाएका थिए ।

बिपुलले यमबुद्ध मिल्ने साथि र भाई भएको भन्दै उनको दुखद निधनले नेपाली संगितमा क्षति पुगेको भन्दै उनको निधनमा श्रद्दाञ्जली व्यक्त गर्दा बिपुलको गितमा रमिरहेको हल केही बेर मौन देखिएको थियो ।

नेप सोलले आगो सल्कायो
बिपुललाई निम्त्याउनुअघि आयोजक गोरेटो प्रोडक्सनले नेपाली व्याण्ड नेप सोललाई आफ्नो प्रस्तुतीको अवसर दिएको थियो ।

फर्की फर्की नहेर मलाई, गुराँसै फुल्यो बनैमा, हुक्का मेरो, मस्की मस्की हिँडेर जानेले लगायत गित गाएको नेप सोलले माइनस डिग्रिको टोकियोको चिसो छिचोल्दै आइपुगेका युवा युवतीहरुलाई नचाएर तताएको थियो ।



आज टोकियोमा विपुल क्षेत्री एण्ड ट्राभलिङ व्याण्ड को विशेष कन्सर्ट हुँदै, तस्विर सहित