टोकियो ।
जापानमा रहेका नेपाली संघसंस्था तथा विभिन्न नेपाली संगठनहरुका बिचमा बृहत अन्र्तक्रिया हुने भएको छ ।
नेकपा एमालेको विदेश विभाग अन्तर्गत रहेको प्रवासी नेपाली मञ्च जापानको पहलमा 'संघ/संस्था परिचयात्मक तथा चियापान कार्यक्रम' हुने भएको हो ।
प्रवासी मञ्चको प्रचारप्रसार तथा संघ संस्था समन्वय विभागको आयोजनामा यही जनवरी १५ तारिख आइतबारका दिन नयाँ बर्ष शुभकामना तथा परिचयात्मक कार्यक्रम हुने भएको छ ।
राजधानी टोकियोको सिनओकुबोमा कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
अँग्रेजी नयाँ बर्षको अवसरमा आयोजित शुभकामना भेटघाट कार्यक्रम मध्यान्ह १ बजे हुने भएको छ ।
जापानमा नेपाली र नेपालको नाममा खुलेका ६० बढी संघसंस्थालाई पत्राचार गरिएको भन्दै अधिकाशं संघसंस्थाबाट उपस्थितिको जानकारी आएको आयोजकले जनाएको छ ।