मदन पाठक-टोकियो ।
अध्ययनका लागि आएका एक नेपाली विद्यार्थीले जापानमा झुण्डिएर आत्महत्या गरेका छन् ।
काठमाडौं पकनाजोल घर भएका जोन लामाले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।
सोमबार आफु बस्दै आएको टोकियो च्योउदा वार्डमा ३२ वर्षिय जोन लामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
प्राप्त जानकारी अनुसार सोमवार साँझ जापानी समय अनसार साँझ ६ बजे उनि झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
झुण्डिएको अवस्थामा अचेत फेला परेका उनलाई तत्काल अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन भने प्रहरीको रिपोर्ट पनि आउन बाँकी रहेको छ । विस्तृत जानकारी केही बेरमा राख्ने छौं ।
पछिल्लो समय जापानमा अध्ययन तथा रोजगारको लागि आएका नेपालीहरुको आत्महत्या तथा विभिन्न कारण मृत्युहुने क्रम बढेको छ ।
विभिन्न व्यक्ति तथा सामाजिक संघसंस्था र सामाजिक सञ्जाल मार्फत आत्महत्या, रोग तथा अन्य कुराहरुमा सचेतना जगाउने काम भएपनि प्रभावकारी हुन सकिराखेको छैन ।
जसका कारण जापानमा रहेका जिम्मेवार व्यक्ति तथा संघ संस्थाहरु यसमा थप जिम्मेवार बनेर नेपालीहरुका समस्या समाधानका लाग्नु पर्ने देखिएको छ ।