जापान राष्ट्रब्यापी वक्तृत्वकला उपाधि शरदलाई, तेस्रो बने विष्णु

Posted on: December 03, 2016 | views: 1327

टोकियो ।
नेपाली युवा विद्यार्थी शरद राईले जापानमा आयोजित जापानको राष्ट्रब्यापी वक्तृत्वकला प्रतियोगिताको उपाधि जितेका छन् ।

नेपाल र नेपालीको सानलाई उचो राख्दै जापानको राष्ट्रब्यापी वक्तृत्वकलाको उपाधिसँगै शरदले १ सय ११ मान (११ लाख १० हजार) जापानी येन नगद पुरस्कार समेत पाएका छन् ।



उपाधि उचाल्ने क्रममा शरदले जापानी र प्रतिस्पर्धाको अन्तीम तीनमा परेका विष्णु भण्डारी समेतलाई उछिनेका हुन् ।

प्रतियोगीताको सुरुवात देखीनै शिर्ष स्थानमा रहँदै आएका विष्णु भण्डारी तेस्रो भएका छन् । भण्डारी नेपाल कास्की जिल्लाका स्थायि वासिन्दा हुन् ।

वक्तित्वकलामा प्रतिस्पर्धामा जापानी युवती दोस्रो भएकी छिन् ।

जापानमा छात्रवृत्तीमा अध्ययनरत शरद राई नेपाल खोटाङका स्थायि वासिन्दा हुन् ।



वक्तित्वकलामा आयोजकको वेवसाइटमा समेत गएर भोट गर्न सकिने व्यवस्था अनुसार जापान सहित विभिन्न देशमा रहेका नेपालीहरुले उनलाई भोट दिएका थिए ।

शरदले बिजय हुनुअघि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफुले नेपाललाई केही उपहार दिन चाहेको भन्दै आफ्नो बिजय देशको लागि एक उपहार हुने उल्लेख समेत गरेका थिए ।