नेपालमा लोकप्रिय र सफल प्रदर्शन गरेको पुरानो डुंगा जापान प्रदर्शन मिति नजिकिंदै

Posted on: December 02, 2016 | views: 687

टोकियो ।
प्रदर्शनकै दिनबाट आक्रामक व्यापार गरेको चलचित्र पुरानो डुंगाले नेपालमा सफल व्यापारसँगै लोकप्रियता पाइरहेको छ ।

देशभर दोस्रो हप्तामा चलत्रि प्रदर्शन सुरु गर्दा यसको बिदेशमा प्रदर्शनका मितिहरु समेत तोकिने क्रम बढेको छ ।

तत्कालको लागि जापान, अष्टेलिया, अमेरिका लगायत देशमा प्रदर्शनको तयारी भइसकेको पुरानो डुंगा सफल निर्देशक रामबाबु गुरुगं सँगै दयाहाङ राई र प्रियंका कार्कीको उत्कृष्ठ अभिनयले समेत हाल चर्चामा रहेको छ ।

निर्देशक गुरुगंले गसअघि कबड्डी र कबड्डी कबड्डी जस्ता सुपरहिट चलचित्र निर्देशन गरिसकेका छन् ।

माझी दाजुभाइको कथामा युवाप्रति शहरको आकर्षण र पुर्ख्यौली सम्पत्तीमाथि दाजुभाईको हानाथापमा आधुनीक कथाको फ्युजन गराइएको चलचित्र पोखरामा आधार रहेर निर्माण गरिएको छ ।


कालीप्रसाद बाँस्कोटाको स्वरको निर जहिले रिसाउने बाट पनि लोकप्रिय भइरहेको पुरानो डुंगा यहि गितका कारण समेत प्रवासमा रहेका नेपालीहरुको लागि ठूलो पर्खाइ बनिरहेको छ ।

हेर्दा सामान्य कथा लागेपनि मनोरम दृश्य सँगै अत्याधुनिक प्रविधि र पारिवारिकसँगै हँसाउने कथाभित्र पारिवारिक पिडा र रसिला कथा समेत जोडिएको चलचित्र १ करोड १० लाखमा निर्माण भएको निर्माता रौनक विक्रम कँडेलले बताएका छन् ।

फिल्ममा प्रियंका, दयाहाङको अलावा माओत्से गुरुङ, मेनुका प्रधान, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतको अभिनय रहेको छ ।
जापानमा व्यग्रता बढ्यो
नेपालमा चलचित्र प्रदर्शन अघिनै जापानमा चलचित्र पुरानो डुंगा प्रदर्शन मिति तय भइसकेको छ । यही डिसेम्बर १८ तारिखमा दुई शो हुन लागेको चलचित्रको लागि आधा बढी टिकट विक्रि भइसकेको छ ।

चलचित्र प्रदर्शनको अधिकार पाएको टोकियो डिम्सका अनुसार राजधानी टोकियोको मेगुरोमा रहेको मेगुरो कुमिन सेन्टरमा मध्यान्ह २ र साँझ ६ बजे दुई शो प्रदर्शन हुँदैछ ।

चलचित्र प्रदर्शनको मिति नजिकिएसँगै चलचित्रको टिकट बुकिंग गराउने क्रम बढेको भन्दै आयोजकले समयमै टिकट बुकिगं गराउन आग्रह गरेको छ ।

टपनेपालन्युजडटकम चलचित्र पुरानो डुंगाको जापान प्रदर्शनको अफिसियल मिडिया पार्टनरको रुपमा रहेको छ ।



जापानमा यसअघि कबड्डी, कबड्डी कबड्डी, कालो पोथी लगायत आधा दर्जन चलचित्रको सफल प्रदर्शन गराइसकेको समुहलेनै चलचित्र प्रदर्शन गर्न लागेका कारण समेत चलचित्र पुरानो डुंगा हेर्न चाहने र सम्पर्क गर्न चाहने व्यक्तिहरु बढेको पाइएको छ ।

BOOKING CONTACT !!
For more details and information, plz contact :080-4355-5258, 080-3594-0800, 080-7698-7075 or go to page Tokyo Dreams Entertainment !!

'PURANO DUNGA'
18th dec / 1st show 14:00, 2nd show 18:00 Meguro Kumin Center Hall ! -

बहुप्रतिक्षित चलचित्र 'पुरानो डुंगा' जापानमा प्रदर्शन हुँदै