नेपाली विद्यार्थीलाई गर्न सकिने सहयोगबारे एनआरएन कान्तो अन्र्तक्रिया गर्दै

Posted on: May 02, 2016 | views: 334

मदन पाठक-२८ फागुन, टोक्यो ।
जापान कान्तो क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई आइपरेका समस्या समाधान र आवश्यक सहयोग सम्भावना बारे गैरआवासीय नेपाली संघ जापान कान्तो क्षेत्रीय समितिले अन्र्तक्रिया गर्ने भएको छ ।

नेपाली विद्यार्थीहरुका लागि जीवनोपयोगी कामको खोजी र विद्यार्थीहरुलाई विश्वविद्यालयमा अध्ययनमा सहज र छात्रवृत्ति लिन गर्न सकिने सहयोग सम्वन्धमा अन्र्तक्रिया गर्न लागिएको हो ।

आगामी अप्रिल १६ मा हुने कार्यक्रममा अध्ययनका लागि जापानमा रहेका सबै नेपाली विद्यार्थीहरुलाई उपस्थित हुन समेत एनआरएन कान्तोले आग्रह गरेको छ ।

एनआरएन कान्ताको बैठकले अन्र्तक्रिया गर्ने निर्णय गर्दै अन्तराष्ट्रिय महिला दिवसको अवसरमा युमी ट्रस्टमा अध्ययनरत दुई जना छात्राहरुलाई सहयोग समेत गर्ने भएको छ ।

अन्तरक्रिया कार्यक्रममा सिम्मोन गा र विश्वविद्यालयको फरक बारेमा समेत जानकारी गराइने बताइएको छ ।

अन्तरक्रिया कार्यक्रममा जापानका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरु सहभागी हुने भएका छन् ।

सहभागीहरुले जापानमा अध्ययन गर्दा आउने अवसर र चुनौती तथा पाउने दुःखहरुको समाधान बारे आफ्ना अनुभव साटासाट गर्नुका साथै सहभागीहरुका समस्याका विषयमा छलफल हुने छ ।