रामेछाप समाजको सांगितिक कार्यक्रममा इन्दिरा, अल्मोडा देखी बल्छी धुर्वे जापान आउँदै

Posted on: November 23, 2016 | views: 1086

टोकियो ।
रामेछाप समाज जापानले अँग्रेजी नयाँ बर्ष २०१७ को पूर्व सन्ध्यामा वृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

राजधानी टोकियोमा हुने सांगितिक कार्यक्रम डिसेम्बर ११ तारिख आईतवार गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिनुभयो ।

साँगीतिक कार्यक्रमको लागि चर्चीत गायिका इन्दिरा जोशी सहित पप गायक अल्मोडा राना उप्रेती सहित हांस्य कलाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्वे समेत जापान आउने भएका छन् ।

यसैगरि गायिकाहरु गीता सेन्चुरी, तारा प्रकाश  लिम्बु, लोक गायिका पार्वती कार्की, गायक अमृत खाती तथा श्रीधरा अधिकारी, दर्शन लामा ९राजु० लगायतको विशेष प्रस्तुति रहने भएको छ ।

सामान्य तर्फ ३ हजार र विशेष व्यक्तिहरुको लागि भिआईपी टिकटको रुपमा १ मान अर्थात् १० हजार जापनी येन तोकिएको कार्यक्रमको नाम रामेछाप सांगीतिक साँझ २०१६ राखिएको छ ।

रामेछाप समाज जापानका अध्यक्ष उत्तम श्रेष्ठले सांगीतिक कार्यक्रमबाट बचेको रकम रामेछाप जिल्लामा एम्बुलेन्स किन्नका लागि सहयोग गरिने जानकारी दिनुभयो ।