गोरखा समाज जापान तोचिगी क्षेत्रीय अध्यक्षमा मगर

Posted on: November 20, 2016 | views: 268
टोकियो ।

गोरखा समाज जापानको क्षेत्रीय समिति तोचिगी विस्तार भएको छ । आज विस्तारित तोचिगी क्षेत्रिय समितिमा प्रशान्त मगर चयन भएका छन् ।

टोकियो समाज जापानका संयोजक चुडामणि भट्टराईको नेतृत्वमा पुगेको टोलि सहितको बैठकले समिति विस्तार गरेको हो ।

विस्तारित गोरखा समाजको क्षेत्रीय समिति अध्यक्षमा मगर सहित विस्तारित ९ सदस्यीय समितिमा उपाध्यक्षमा विकास थापा, सचिवमा मिलन श्रेष्ठ, कोषाध्यक्षमा रामकृष्ण अधिकारी सदस्यहरूमा कुमार पनेरू, सुन्दर बानियाँ, बद्री न्यौपाने, सागर देवकोटा र कविता भट्ट रहेका छन्।

क्षेत्रीय समितिको सल्लाहकारमा मगर संघ जापानका पूर्व अध्यक्ष सैलेन्द्र बिक्रम थापालाई चयन गरिएको छ ।

कार्यक्रममा समाजका अध्यक्ष भट्टराई सहित प्रवक्ता कमला काप्री, विधान समिति संयोजक रविन्द्र गोर्खाली, सदस्यहरु लक्ष्मण थापा, अर्जुन ढकाल लगायतको उपस्थिति रहेको थियो