पौडिमा प्रतिस्पर्धा गर्न नेपाली टोलि जापान प्रस्थान

Posted on: November 14, 2016 | views: 346

काठमाडौं ।
दसौं एसियाली पौडी प्रतियोगितामा सहभागी हुन ३ महिला खेलाडीसहित ६ सदस्यीय नेपाली टोली मंगलबार जापानको टोकियो प्रस्थान गर्ने भएको छ ।

नोभेम्बर १७ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा टीसा शाक्यले ५० मिटर बटरफ्लाई तथा ५० र १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा  गर्नेछिन् ।

यसैगरि अक्शरा सिंहले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा खेल्नेछिन् भने आयुश्मा तुलाधरले ५० मिटर ब्रेस्टस्ट्रोक, ५० मिटर बटरफ्लाइ र ५० मिटर फ्रिस्टायलमा भाग लिने छिन् ।