जापान मिस इन्टरनेशनलमा संस्कृति र नेपालीपन झल्काउँछु :बर्षा लेखी

Posted on: October 21, 2016 | views: 345

जापान ।
मिस नेपाल सेकेण्ड रनरअप उपाधि बिजेता बर्षा लेखी नेपालको प्रतिनिधित्व गर्दै मिस इन्टरनेशनलमा सहभागी हुन जापान आइपुगेकी छिन् ।

बर्षा अक्टोबर २७ मा जापानमा हुने मिस इन्टरनेशनलको ५६ औं संस्करणमा भाग लिन जापान आएकी हुन् ।

थारु पोसाक मोडिफाइ गरिएको थारु लेहेँगा चोलिया र निधारमा मंगिया पहिरिएकी बर्षाले जापानमा आफ्नो संस्कृति र नेपालीपन झल्काउने बताएकी छिन् ।

वर्षाले भनेकी छिन्-'जापानमा आफ्नो संस्कृति र नेपालीपन झल्काउँछु'