जापानमा ड्रिम्स प्रदर्शनको महिना दिन अघि नै बुक !

Posted on: May 02, 2016 | views: 693

मदन पाठक-२५ फागुन, टोक्यो ।
नेपालमा ब्लक ब्लस्टर व्यापार गरिरहेको बहुप्रतिक्षित चलचित्र ड्रिम्सले जापानमा अहिलेसम्मकै तहल्का मच्चाउने भएको छ ।

चलचित्र प्रदर्शनको महिना दिन बढी समय बाँकी रहँदा चलचित्रको अधिकाशं टिक विक्रि भएको छ ।

ड्रिम्स चलचित्र जापानमा प्रदर्शनको अधिकार पाउनुभएका व्यवसायी प्रल्हाद सिंह महतका अनुसार अप्रिल १० तारिखमा प्रदर्शन गरिने चलचित्रको केही टिकट मात्र बाँकी रहेको छ ।

अप्रिल १० तारिखमा जापानको राजधानी टोक्योमा रहेको नाकानो जेरो हलमा प्रदर्शन हुने ड्रिम्स चलचित्र साँझ ५ बजे प्रदर्शनको समय तोकिएको छ ।

नयाँ बर्ष २०७३ को अवसर पारेर प्रदर्शन गर्न लागिएको चलचित्रको हेर्न थोरै मात्र टिकट रहेको भन्दै आयोजकले तत्काल टिकट बुकिगं गर्न आग्रह समेत गरेको छ ।


'एक शो मात्र प्रदर्शन गर्दैछौं' जापानमा चलचित्र प्रदर्शनको जिम्मेवारी सम्हाल्नु भएका प्रल्हाद सिंह महतले टपनेपालन्युजडटकमसँग भन्नुभयो-'समयमै टिकट लिनुभएमा सजिलो हुन्छ, पछि टिकट पाइएन भन्नु भन्दा समयमै लिएमा चलचत्रिका नायकहरुसँगै बसेर नेपाली चलचित्र हेर्न सुवर्ण अवसर गुम्दैन ।'

तीन हजार जापानी ऐन तोकिएको टिकट लिन फोन नम्वर समेत सार्वजनिक गरेको आयोजकले चलचित्र प्रदर्शनको एक हप्ताअघि टिकट लिने मध्येबाट केहीलाई बम्पर अवसर प्रदान गर्ने योजना रहेको भन्दै यसको खुलाशा अहिले गर्न नमिल्ने बताएको छ ।

टपनेपाल श्रोत अनुसार ड्रिम्स चलचित्रका नायक अनमोल केसी र निर्देशक तथा अनमोलका वुवा भुवन केसी समेत चलचित्र प्रदर्शनको लागि जापान आउने भएका छन् ।
चलचित्र हेर्न आउने दर्शक मध्येबाट केहीलाई नायकसँगै बसेर खाना तथा चलचित्र हेर्ने मौका समेत दिने तयारीमा रहेको आयोजकले यसबारेमा छिट्टै विस्तृत जानकारी बाहिर ल्याउने भएको छ ।

साम्राज्यलक्ष्मि शाह र अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र हाल नेपालमा सफल रुपमा प्रदर्शन भइरहेको छ ।

चलचित्र प्रदर्शनको दुई दिनमै दुई करोड बढी रकम कमाएको सफल चलचित्र ड्रिम्स जापानमा हेर्न टिकट बुकिगंको लागि तल उल्लेख नम्वरहरुमा फोन गरेर टिकट बुकिंग गर्न सकिने आयोजकले जनाएको छ ।

प्रल्हाद सिंह महत :- ०७०-१३६८-९९२२
सरोज कुमार खत्री :- ०८०-५६७२-४६४७
रोमियो मानन्धर :- ०८०-३०५५-८२२२

नेपालमा ड्रिम्स चम्कंदा जापानमा पर्खाइ बढ्यो