आज टोकियोमा मुक्ति एण्ड रिभाइवलको भव्य लाईभ कन्सर्ट हुँदै

Posted on: October 09, 2016 | views: 1291

२३ असोज, टोकियो ।
फुकुओकामा भव्य रुपमा लाईभ कन्सर्ट सकेको मुक्ति एण्ड रिभाइवल व्याण्डले आज जापानको राजधानी टोकियोमा विशाल लाईभ कन्सर्ट गर्दैछ ।

गोरेटो प्रोडक्सनले गर्न लागेको कन्सर्टमा अत्याधुनिक लाईटको व्यवस्था सहित सबै दर्शकले देखुन् भन्नको लागि कन्सर्ट भइरहँदा त्यसको भिडियो पछाडी भागमा ठूलो देखिने व्यवस्था समेत गरिएको छ ।

नेपालीहरुको महान चाड बडा दशैंको महा अष्टमीका दिन पनि परेकाले आजको कन्सर्टमा नेपालीहरुको विशाल सहभागीता रहने देखिएको छ ।

आजको कन्सर्टको अधिकाशं टिकट विक्रि भइसकेकाले केही मात्र टिकट बाँकी रहेको भन्दै आयोजकले कार्यक्रम सुरुहुनु केही अघि कन्सर्ट स्थलमा आएर टिकट सुरक्षित गर्न अनुरोध गरेको छ ।

टोकियोको लाईभ कन्सर्ट इकेगामी काइखानमा साँझ ६ बजेबाट सुरुहुने छ ।

कन्सर्टमा नेपाली ब्लुज रक ब्याण्ड मुक्ति एण्ड रिभाइवलले केको साँचो...,डल्ली रेशम..., नहेर मलाई...,चौबन्दी चोलो...,कलंकीको जाम... सहित आफ्ना दर्जन बढी लोकप्रिय गितहरु पस्कनेछ ।

अत्याधुनिक साउण्ड र लाईट सिस्टमको व्यवस्था सहित पहिलो पटक गर्न लागिएको लाईभ कन्सर्टको टिकटको लागि तल उल्लेखित नम्वरहरुमा सम्पर्क गरि टिकट बुकिंग गराउन सकिने छ ।

अनिस- ०८० ३२२२ १०२९
अमित- ०८० ४६५२ ७९९९
दिपेश- ०८० ३५५७ ३०५४
कृष्ण- ०९० ८३९३ ९१२७