मुक्ति एण्ड रिभाइवल व्याण्डको लाईभ कन्सर्ट तयारी पुरा, टिकट सकिन लाग्यो

Posted on: October 07, 2016 | views: 961

टोकियो ।
बडा दशैंको अवसर पारेर नेपाली ब्लुज रक ब्याण्ड मुक्ति एण्ड रिभाइवललाई ल्याएर जापानमा रहेका नेपालीलाई मनोरञ्जन दिलाउन लागेको गोरेटो प्रोडक्सनले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

मुक्ति एण्ड रिभाइवल व्याण्डले यही अक्टोवर ९ अर्थात् आइतबारका दिन टोकियोमा रहेका नेपालीहरुलाई नचाउने छ भने आज ७ तारिखका दिन फुकुओकाको मिनामीहलमा सयौं नेपालीहरुलाई नचाउँदैछ । फुकुओकामा मिनामी सीमिन हल फुकुओकामा कन्र्सट हुँदैछ ।

अक्टोवर ९ तारिखका दिन हुने लाईभ कन्सर्टको अधिकाशं टिकट विक्रि भइसकेको बताइएको छ । टिकट सिमित रहेकाले तत्काल बुकिंग गर्न अनुरोध गर्दै आयोजकले कलाकारहरु हिजो नै जापान आइपुगेको जानकारी दिएको छ ।

टोकियोको लाईभ कन्सर्ट इकेगामी काइखानमा साँझ ६ बजेबाट सुरुहुने छ । कन्सर्टको लागि मुक्ति एण्ड रिभाइवल व्याण्डका मुक्ति शाक्य, सुनित कंशाकार, निखिल तुलाधर र रोशन कंशाकार जापान आएका छन् ।

अग्रिम टिकट बुकिगं गराएमा ३५ सय जापानी येन मात्र तोकिएको टिकट कन्सर्ट स्थलमै लिएमा भने ४ हजार येन तोकिएको छ ।

कन्सर्टमा नेपाली ब्लुज रक ब्याण्ड मुक्ति एण्ड रिभाइवलले केको साँचो...डल्ली रेशम..., नहेर मलाई...चौबन्दी चोलो...कलंकीको जाम। सहित आफ्ना दर्जन बढी लोकप्रिय गितहरु पस्कनेछ ।

अत्याधुनिक साउण्ड र लाईट सिस्टमको व्यवस्था सहित पहिलो पटक गर्न लागिएको लाईभ कन्सर्टको टिकटको लागि तल उल्लेखित नम्वरहरुमा सम्पर्क गरि टिकट बुकिंग गराउन सकिने आयोजकले बताएको छ ।

अनिस- ०८० ३२२२ १०२९
अमित- ०८० ४६५२ ७९९९
दिपेश- ०८० ३५५७ ३०५४
कृष्ण- ०९० ८३९३ ९१२७

मुक्ति एण्ड रिभाइवल व्याण्डको ९ अक्टोवरमा टोकियोमा भव्य लाईभ कन्सर्ट