नुवाकोटमा १४ लाखको भवन बनाइदिएर वावुको सपना पुरा गरे जापानीले

Posted on: October 06, 2016 | views: 1456
२० असोज, त्रिशुली ।

नुवाकोटको ऊर्लेनी गाविसको काल्चेमा जापानी नागरिकको आर्थिक सहयोगमा सामुदायिक भवन निर्माण भएको छ ।

जापानिज नागरिक खाजिओ मोरिमोतोको रु. १४ लाख आर्थिक सहयोगमा सामुदायिक भवन निर्माण भएको हो ।

जापानी नागरिक मोरिमोतोको आर्थिक सहयोगमा भवन निर्माण थालनी भएपनि यसबिचमा उनको असामयिक निधन भएपछि उनको काम पुरा गर्दै बावुमो ईच्छा पुरा गर्न कार्यक्रममा उनका छोरा सिने मोरिमोतो उपस्थित भएका थिए ।

काँग्रेस युवा नेता रमेश महतले गरेका थिए । महतकै पहलमा उक्त सामुदायिक भवन निर्माणको सहयोग जुटेको हो ।

होटल तथा कार व्यवसाय गर्दै आएको जानकारी गराइएका जापानीज नागरिकले नेपालमा विभिन्न जिल्लामा यस्तै सहयोग गर्दै आएको बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रमेश महतले भाषण भन्दा विकास र सहयोगमा जुट्नुपर्ने भन्दै सामुदायिक भवन बहुउपयोगी रहेकाले यसको सामुहिक सदुपयोग गर्नुपर्नेमा जोड दिए ।



उनले एक फरक प्रसंगमा हाल प्रस्ताव गरिएको नयाँ गाउपालिका क्षेत्र सिमांकन लगायतका कुरा जटिल रहेको भन्दै आर्थिक कुरा सबैभन्दा पेचिलो रहेकाले यसलाई व्यवहारिक रुपमा मिलाउनुपर्ने बताए ।