मित्रराष्ट जापानद्धारा एकसठ्ठी करोड रुपैयाँ सहयोग

Posted on: October 06, 2016 | views: 234

२० असोज, काठमाडौं ।
मित्रराष्ट जापानले विभिन्न सातवटा परियोजना सञ्चालनका लागि नेपाललाई  ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको हो ।

नेपालस्थित जापानी दूतावासका अनुसार जापानले हनुमानढोकास्थित पञ्चमुखी हनुमान मन्दिर र पाटनको देगु तलेजु मन्दिरको जीर्णोद्वार गर्न  ३३ करोड, सिचाइँ प्रणाली सुधार कार्यक्रममा १५ करोड, गोदामघर निर्माण गर्न  तीन करोड सहयोग गर्ने भएको छ ।

त्यस्तै सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको पाँचखालमा प्लान्ट निर्माण गर्न  पाँच करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई  दुई करोड तथा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रममा तीन करोड प्रदान गर्नेछ ।

उक्त रकम जापानले प्रदान गर्ने खाद्य सहयोग कार्यक्रममार्फत उपलब्ध गराउने जानकारी दुतावासले दिएको छ ।