मुक्ति एण्ड रिभाइवल व्याण्डको ९ अक्टोवरमा टोकियोमा भव्य लाईभ कन्सर्ट

Posted on: September 30, 2016 | views: 1459

१४ असोज, टोकियो ।
नेपाली ब्लुज रक ब्याण्ड मुक्ति एण्ड रिभाइवलले दशैंको अवसर पारेर यही अक्टोवर ९ तारिखमा जापानमा रहेका नेपालीहरुलाई नचाउने भएको छ ।

गोरेटो प्रोडक्सनको आयोजनामा हुन लागेको कन्सर्टको लागि सबै तयारी सकिएको आयोजकले जानकारी दिएको छ ।

अक्टोवर ९ तारिखका दिन हुने लाईभ कन्सर्टको लागि आधा बढी टिकट विक्रि भइसकेको बताएको आयोजकले टिकट सिमित रहेकाले समयमै बुकिगं गराउन जापानवासी नेपालीहरुलाई आग्रह गरेको छ ।

टोकियो इकेगामी काइखानमा साँझ ६ बजेबाट सुरुहुने कन्सर्टको लागि मुक्ति एण्ड रिभाइवल व्याण्डका मुक्ति शाक्य, सुनित कंशाकार, निखिल तुलाधर र रोशन कंशाकार जापान आउने पक्का भएको छ ।

अग्रिम टिकट बुकिगं गराएमा ३५ सय जापानी येन मात्र तोकिएको टिकट कन्सर्ट स्थलमै लिएमा भने ४ हजार येन तोकिएको छ ।

फुकुओकाको लागि पनि कन्सर्ट गर्न लागेको आयोजकले ९ तारिखमा मिनामी सीमिन हल फुकुओकामा कन्र्सट हुने बताएको छ ।

कन्सर्टमा नेपाली ब्लुज रक ब्याण्ड मुक्ति एण्ड रिभाइवलले केको साँचो 'डल्ली रेशम...', 'नहेर मलाई...', 'चौबन्दी चोलो...', 'कलंकीको जाम...' सहित आफ्ना दर्जन बढी लोकप्रिय गितहरु पस्कनेछ ।

अत्याधुनिक साउण्ड र लाईट सिस्टमको व्यवस्था सहित पहिलो पटक गर्न लागिएको लाईभ कन्सर्टको टिकटको लागि तल उल्लेखित नम्वरहरुमा सम्पर्क गरि टिकट बुकिंग गराउन सकिने आयोजकले बताएको छ ।

अनिस- ०८० ३२२२ १०२९
अमित- ०८० ४६५२ ७९९९
दिपेश- ०८० ३५५७ ३०५४
कृष्ण- ०९० ८३९३ ९१२७