जापान दुतावासको फेसबुकबाटै हजारौं सेवाग्राही लाभान्वित, दूतावासबाट यस्ता काम हुन्छन्

Posted on: May 02, 2016 | views: 1758

गोकर्ण अधिकारी-२४ फागुन, टोक्यो ।

नेपाली राजदुतावास जापानले सञ्चालन गरेको सामाजिक सञ्जाल फेसबुकबाट एक महिनाको छोटो समयमै हजारौं सेवाग्राहीले सेवा लिएका छन् ।

नेपाली दूतावासले यससम्वन्धी जानकारी गराउँदै फेसबुकमा जापन दूतावासले गर्ने कामको बारेमा समेत विस्तृत विवरण राखेको छ ।

नेपाली दूतावास जापानको फेसबुक पेज एम्बेसी अफ नेपाल इन टोक्यो जापानमा गएर म्यासेज बक्समा म्यासेज पठाएका सबै गुनासा र जिज्ञासाहरुको दूतावासले सम्वोधन र समाधान गरेको बताएको छ ।

कार्यवाहक राजदूतको रुपमा गहेन्द्रराज राजभण्डारी जिम्मेवारी सम्हाल्नुभएपछि सक्रियता बढाएको जापानस्थित नेपाली दूतावासले सम्भवत पहिलो पटक फेसबुकमा दूतावासले गर्ने सबै कामको बारेमानै सुचना प्रकाशित गरेको छ ।

आठ पाना लामो दूतावास सम्वन्धि जानकारी र दूतावासले गर्ने कामको बारेमा उल्लेख सूचनामा राहदानी सम्वन्धि जानकारी पहिलो पृष्ठमा समावेश छ ।

यस्तै जापानमा रहेका नेपाली नागरिकबाट जन्मेका छोरा छोरीको राहदानी सम्वन्धि जानकारी, यात्रा अनुमति पत्र सम्वन्धि जानकारी समेत दूतावासले जारी गरेको सूचनामा समावेश गरिएको छ ।

विवाह दर्ता जापानबाटै गर्न सकिनेदेखी कागजात प्रमाणीकरण, अनुवाद पनि नेपाली दूतावास जापानबाट नेपालीहरुले सुविधा लिन सक्नेछन् ।


नेपाल सरकारका कुनैपनि कार्यालयमा पेश गर्नुपर्ने वारेशनामा प्रमाणिकरणको काम समेत दूतवासबाट हुने विस्तृत विवरण सुचनामा समावेश गरिएको छ ।

जापान सरकार मातहत प्रशिक्षार्थी कामदार मागपत्र प्रमाणिकरणको काम दूतावासबाट हुने र त्यसको लागि गर्नुपर्ने प्रक्रिया र कागजातको बारेमा समेत सूचनामा विस्तृत रुपमा उल्लेख गरिएको छ ।

लामो समय जापानमा बसेर यतै स्थायि रुपमा बस्न चाहने र नेपाली नागरिकता त्याग्न चाहेको खण्डमा यसबारेमा समेत सूचनामा प्रक्रिया उल्लेख गरिएको छ ।

यसबारेमा विस्तृत जानकारी गराउँदै दूतावासले फेसबुकपेज मार्फत यस्तो जानकारी सार्वजनिक गरेको छ ।


Embassy of Nepal in Tokyo, Japan -在日ネパール国大使
दुतावासको फेसबुक संचालन भएको छोटो समयमै हजारौं सेवाग्राही लाभान्वित भएको पाउँदा हामीलाई ठूलो हौसला मिलेको छ ।
यस दुतावासबाट प्रदान गरिने प्राय: सेवाको लागि आवश्यक कागजातको पूर्ण विवरण यहाँ राखिएको छ । विश्वास छ, यहाँहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो अभियानमा यस कार्यले अझ निरन्तता दिनेछ ।