जापानमा मृत्यु भएकी ढकाल परिवारलाई ४ लाख बढी सहयोग उठ्यो

Posted on: May 02, 2016 | views: 285

मदन पाठक-२४ फागुन, टोक्यो ।
हृदयघात भएर अकस्मात जापानमा मृत्यु भएकी नेपाली महिला खिल कुमारी ढकालको परिवारलाई ४ लाख बढी रकम सहयोग उठेको छ ।

काभ्रे घर भई जापानमा कार्यरत ढकालको दाहसस्कारको लागि काभ्रे समाज जापानले राहत संकलनको पहल थालेको थियो ।

समाजका अध्यक्ष भुवन अधिकारिको पहलमा सुरु गरेको राहत संकलन अभियानमा चार लाख सत्र हजार नौ सय तेईस जापानी येन संकलन भएको हो ।

मृतक ढकालेको आइतबार दाहसंस्कार गरिसकिएको छ । बिहीबार कामबाट फर्किएपछि मुटु दुख्यो भनेपछि उनलाई उनका श्रीमान खेमराजले साइतामाको अस्पतालमा भर्ना गरेपनि उपचारकै उनको निधन भएको थियो ।

जापानमा एक नेपालीको अकस्मात निधन, सहयोगको अपिल