जापानमा सिन्काले काम थाल्यो

Posted on: May 02, 2016 | views: 325

मदन पाठक-२३ फागुन, टोक्यो ।
नेपाली नागरिकहरुलाई लक्षित गरेर जापानमा रहेका नेपाली युवाहरुले बहुउदेश्य सहित सिन्का नामक कम्पनी सञ्चालनमा ल्याएका छन् ।

जापानमा रहेका नेपालीहरुलाई भाषा सिकाउने देखी स्कुल तथा कलेजमा पढ्ने नेपाली विद्यार्थीहरुलाई परामर्श दिने काम समेत गर्ने भएको कम्पनी यही मार्च १ तारिखबाट सञ्चालनमा आएको हो ।

नेपाली, जापानी, अंग्रेजी, हिन्दी भाषामा डकुमेन्ट अनुवाद गर्नुका साथै पोस्टर साइनबोर्ड, रेष्टुरेन्टका मेनु तयार काम समेत गर्ने कम्पनीले विशेष गरि शैक्षिक परामर्श र सहजीकरण गर्ने कम्पनीले जनाएको छ ।

टोकियोको ओकोबुमा कार्यलय रहेको सिन्कोले जापानमा आएका नेपालीहरुलाई जापानबाट अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया सहित युरोपका देशहरुमा जान परामर्श र सहयोग पनि गर्ने भएको छ ।

घर जग्गा खरिदका लागि जापानमा सहजिकरण गर्नेदेखी जापानमा रहेका नेपाली विद्यार्थीहरुलाई आवश्यक शैक्षिक परामर्श दिने काम गर्ने बताएको कम्पनीले काम सुरुवात गरेको अवसर भन्दै मार्च महिनाभर विशेष छुट दिने बताएको छ ।