सौगात मल्ल जापानमा, 'फन्को' प्रदर्शन हुँदै

Posted on: May 03, 2016 | views: 468

२३ फागुन, टोक्यो ।
अभिनेता सौगात मल्ल चलचित्र फन्कोका साथ जापान आइपुगेका छन् । नेपाली चलचित्र उद्योगमा लोकप्रिय रहेका सौगात जापान आइपुगेपछि चलचित्र हेर्न दर्शकहरुको उत्साह बढेको छ ।

चलचित्रका निर्माता रहेका नरेन्द्र महर्जन सौगातसँगै शनिबार बिहान जापान आइपुगेका छन् ।

आज मार्च ६ तारिकमा राजधानी टोक्योको मेगुरो कुमिन सेन्टरमा दुई वजे र पाँच वजे प्रदर्शन हुने चलचित्र नायक सौगातले दर्शकसँगै बसेर हेर्नेछन् ।
चलचित्रको बारेमा प्रतिक्रिया समेत लिने भएका सौगात चलचित्र प्रदर्शन स्थलमा १ घण्टा अघिनै उपस्थित हुने भएका छन् ।

ेजापानमा चलचित्र प्रर्दशनको जिम्मा पाएको नाङलो घर तथा मिनामि डाईनिङका निर्देशक ईश्वर श्रेष्ठ तथा सुवास लामिछानेका अनुसार चलचित्र हेर्नको लागि अधिकांश टिकट बुकिङ भएको छ ।

बाँकी रहेका टिकट सौगात मल्ल जापान आइपुगेको खवरपछि बुकिङ अर्डर गर्ने क्रम बढेकाले मध्यान्हसम्ममा सकिने ठानिएको छ ।