जापानमा एक नेपालीको अकस्मात निधन, सहयोगको अपिल

Posted on: May 02, 2016 | views: 585

२० फागुन, जापान ( टोक्यो ) – जापानमा फेरी एक नेपाली महिलाको अकस्मात निधन भएको छ ।

काभ्रे स्थायी घर भएकी खिलकुमारी ढकालको आज बिहान ४:४५ मा अकस्मात निधन भएको उहाका श्रीमान खेमराज ढकालले जानकारी दिनु भयो ।

हिजो बेलुका काम गरेर आउदै गर्दा एक्कासी मुटु दुख्यो भनेको ,र त्यहाँबाट सिधै साइतामाको अस्पतालमा लगिएको थियो । उपचार गर्दा गर्दै आज बिहान उहाको निधन भएको हो ।

हामीसँगको कुराकानीमा अत्यन्तै भावुक देखिनु भएका उहाका श्रीमान खेमराजले – भर्खर आएको , खासै कमाइ पनि नभएकोले सम्पूर्ण जापानवासी नेपालीमा सहयोगको लागी अपिल गर्नु भएको छ । मृतक ढकालको एक छोरा र एक छोरी रहेका छन ।

श्रीमान खेमराजको हालसाल काम पनि नभएको र छोराछोरी सानै रहेकोले पनि आफुलाई धेरै गाह्रो हुने बताउनु भएको छ । उहाँले अंतिममा भन्नु भयो – ” सम्पूर्ण सहयोगी मनका हज़ुरहरूमा सहयोगको अपील गर्दछू । ” ढकाल परिवार हाल टोकियोको जुजोमा बस्दै  आएको छ ।

सहयोगको लागी पोस्ट बैंकको खाता न. 10120-84307531 मा सहयोग गर्न सक्नु हुनेछ । यसैबीच काभ्रे स्थायी घर भई जापानमा लामो समयदेखी ब्यवसाय गर्दै आउनु भएका सफल व्यवसायी सपनाका मालिक  भुवन अधिकारीले सबैमा सहयोगको लागी अपील गर्नु भएको छ ।

साभार: सन्तोष चोखाल/narayanionline