जापानी राजदूतले प्रधानमन्त्री प्रचण्डलाई भेटे

Posted on: August 10, 2016 | views: 439

२६ साउन, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आज भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।  

प्रधानमन्त्रीले नेपालको जापानसँग पुरानो तथा मित्रवत् सम्बन्ध रहेको बताउँदै नेपालको विकासमा जापान सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।    

यसअघि जापानी राजदूतले हिजो मात्रै पूर्व प्रधानमन्त्री केपी ओली शर्मासँग एमाले पार्टी कार्यालयमा भेट गर्नुभएको थियो ।