मार्च ६ मा जापानमा फन्को, सौगात पनि आउँदै

Posted on: May 02, 2016 | views: 276

१९ फागुन, टोक्यो ।
आगामी मार्च ६ तारिखका दिन जापानमा चलचित्र फन्को प्रदर्शन हुने भएको छ । नेपाली कथानक चलचित्र फन्को प्रर्दशनका लागि चर्चित कलाकारद्धय दयाहाङ राई र सौगात मल्ल पनि जापान आउने भएका छन् ।

राजधानी टोक्योको टोक्यो मेगुरो कुमिन सेन्टरमा पदर्शन हुने चलचित्र लिएर  दयाहाङ र सौगातसँग निर्माता नरेन्द्र महर्जन पनि आउने भएका छन् ।

चलचित्र फन्को प्रर्दशन गर्ने जिम्मा पाएको आयोजक नाङलो घर तथा मिनामि डाईनिङ वारको संयोजनमा आगामी आईतवार ६ मार्चका लागि सौगात मल्ल तथा निर्माता महर्जनले हवाई टिकट समेत बुक गरि सकेको बताइएको छ ।

दयाहाङ राई भने कार्यव्यस्तताका कारण आउने नआउने अझै निश्चित भएको छैन ।

दुई सोमा हुन लागेको चलचित्रको साँझ पाँच वजेको प्रर्दशनको टिकट बुकिङ सकिन लागेको भन्दै मध्यान्ह दुई वजेको सोको टिकट केही बाँकी रहेको आयोजकको भनाइ छ ।

सूवर्ण थापा निर्देशित चलचित्र फन्कोमा दयाहाङ राई, सौगात मल्ल, अनुप बराल, केकी अधिकारी सहित प्रियन्का कार्की लगायतले अभियन गरेका छन ।

युरोपका विभिन्न देशमा समेत प्रदर्शन गरिएको चलचित्र फन्कोले विदेशमा राम्रो कमाई गरेको छ ।