जापानमा जनसंख्या घट्यो

Posted on: May 02, 2016 | views: 288

१८ फागुन, एजेन्सी ।
न्युन जनसंख्या बृद्धिद्धर रहेको जापानमा १० लाख जनसंख्या घटेको छ ।

जापानी सञ्चार माध्यम एनएचकेले प्रशारण गरेको विवरण अनुसार जापानमा पछिल्लो ५ बर्षमा १० लाख जनसंख्या घटेको छ ।

जापानमा गरिएको पछिल्लो जनगणना अनुसार ५ बर्षमा १० लाख जनसंख्या घटेको पाइएको हो ।
जापानमा सन १९२० पछि पहिलो पटक जनसंख्या बृद्धि आरालो लागेको पाइएको हो ।

समाचार अनुसार गत वर्ष अक्टोबरमा जापानको जनसंख्या १२ करोड ७१ लाख रहेको थियो ।

जापानको आन्तरिक मामला मन्त्रालयले जारी गरेको एक तथ्याक अनुसार ०.७ प्रतिशतले जनसंख्या बृछि रहेको छ ।

राजधानी टोक्यो सहित ८ राज्यमा जनसंख्या बढेपनि ३९ प्रान्तमा घटेको छ । सन् २०१० को भन्दा ९ लाख ४७ हजार कम देखिएको हो ।