एनआरएन जापानमा उपाध्यक्ष,महासचिव सहित सदस्यसँग स्पष्टिकरण माग

Posted on: July 09, 2016 | views: 392

२५ असार, काठमाडौं ।

गैर आवासिय नेपाली संघ जापानका वरिष्ठ पदाधिकारीहरुले नै संघको कामकारवाहीमा अहयोग गरेको भन्दै प्रष्टिकरण सोधिएको छ । एनआरएन जापानले तिन साता अघि संघका महासचिव, उपाध्यक्ष सहित आफ्ना चार सदस्यहरुलाई संघको कामकारवाहीमा असहयोग गरेको भन्दै प्रष्टिकरण सोधेको हो ।सन् २०१५ जुनमा आयोजना गरिएको महजात्रा कार्यक्रम देखिनै उहाँहरुबाट असहयोग भएको थियो श्रोतले भन्यो नेपालको पहिचानसंग जोडिएको नेपाल डे फेस्टिवलमा समेत सहयोग नभएपछि प्रष्टिकरण सोधिएको हो ।

एनआरएन जापानले आफ्ना महासचिव अनुज थापा तथा उपाध्यक्ष टंक गैरे सहित चार जना सदस्यहरुलाई यस बारेमा लिखित प्रष्टिकरण सोधेको छ । लिखित स्पष्टिकरण केही साथिहरुले बुझाएपनि केही साथिहरुले पटक पटक समय थपेरपनि बुझाउनुभएको छैन सायद अब बुझाउनुहुन्छ होला श्रोतले भन्यो । एनआरएन जापानका गतिविधिलाई असहयोग गर्दै आउनुभएका भनिएका उपाध्यक्ष, महासचिव र सदस्यहरुले एनआरएन जापान आफैंले आयोजना गरेका कार्यक्रमहरुको प्रचारप्रसार देखी प्रायोजन खोज्ने लगायतका काममा समेत कुनै सहयोग नगरेको बताइएको छ ।

एनआरएन जापानको आन्तरिक बैठकहरुमा निरन्तर तीनपटक जानकारी विना अनुपस्थित भएमा कुनैपनि सदस्यमाथि संस्थाले कारवाही प्रक्रिया अघि बढाउनसक्ने उल्लेख रहेको छ । तर स्पष्टिकरण सोधिएका व्यक्तिहरु निरन्तर आधा दर्जन बढी बैठकहरुमा विना सुचना अनुपस्थित हुनुका साथै लिखित प्रष्टिकरण समेत पटक पटक सोध्दा पनि जवाफ नपठाएको समेत श्रोतले जानकारी दियो । संस्थाको बैठकमा अनुपस्थित हुने तथा काम कारवाहीमा कुनै चासो नराख्नुका साथै सहयोग नगर्ने गरेपछि पदमात्र ओगटेर बसेको ठानेपछी बाध्यभएर प्रष्टिकरण सोधिएको श्रोतले जानकारी दिए ।