जापानी राजदूत र नेता पौडेल बीच भेटवार्ता

Posted on: July 07, 2016 | views: 385

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि जापानी राजदूत मासासी ओगवाबीच आज संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा छलफल भएको छ ।

वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा भएको भेटमा राजदूत ओगवाले नेपालमा संविधानको कार्यान्वयनमा जापान जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।