जापानमा असिना पानी पर्यो (भिडियो सहित)

Posted on: May 02, 2016 | views: 472

मदन पाठक-१७ फागुन, टोक्यो ।
जापानमा असिना पानी परेको छ । केही समय अघि राती ८ बजेर ३५ मिनेटको समयमा राजधानी टोक्यो र आसपासका क्षेत्रमा परेको असिना केही बेरमै रोकिएको थियो ।

जापानमा विगत १५ बर्षदेखी बस्दै आउनुभएका विक्रम खत्रीका अनुसार यसअघि असिना परेको थाहा थिएन ।
जाडो मौसममा हिउँ पर्ने घटना सामान्य भएपनि असिना पर्नु नौलो भएको उहाँको भनाई छ । जापानमा विरलै मात्र असिना पर्ने गरेको पाइन्छ ।

सानो आकारमा परेको असिना केही मिनेटमै रोकिएको थियो । पानीसँगै परेको असिना सानो भएकाले खासै दैनिक जिवनमा भने असर नपारेको ठानिएको छ ।