२१ असार, टोकियो ।
जापानमा अध्ययन गर्न आउने नेपाली सहित विश्वभरका विद्यार्थीहरुको लागि खुसीको खवर छ । त्यो हो जापान सरकारले विदेशी विद्यार्थीहरुको लागि अब ग्रिन कार्ड लागू गर्ने भएको छ ।
जापानका प्रधानमन्त्री सिन्जो आवेको पहलमा बिदेशी बिध्यार्थीहरुलाइ लक्षित गरी Green Card लागू गरिने भएको हो ।
हालको ५ बर्ष काम नगरी स्थाइ बसोबासको आवदेन दिन नपाइने नियमलाइ संसोधन गरी छोटो पारिने भएको छ ।
प्रधानमन्त्री आबेले हालै गर्नुभएको घोषणा अनुसार आउदो आर्थिक बर्ष भित्र जापानले जापानमा अध्यन गरेका बिदेशीहरुको रोजगारीलाइ ५० प्रतिशतमा बढाउन सरकारले बिशेष योजना ल्याउने भएको छ ।
यदि यो घोषणा भएमा जापानमा अध्ययनका लागि आउने नेपालीहरुले हालको जस्तै अवैध रुपमा २८ घण्टा भन्दा बढी समय लुकेर काम गर्नुपर्ने अवस्था रहनेछैन ।
जापानमा तोकिएको समयभित्र मात्र काम गर्ने विदेशीहरुको संख्या अत्यन्त न्युन भएको पाइएपछि जापान सरकारले त्यसलाई सजिलो पार्न पनि काम गर्न पाउने समय बढाउन लागेको ठानिएको छ ।
कोउगाकु सिन्बुनका अनुसार प्रधानमन्त्री आवेले बिदेशी बिधार्थीहरुले अध्यन गर्न जापान रोजेर आएपछी यहाँ जागीर पाए जापानको बिकाशमा पनि टेवा पुग्ने भएकाले उनिहरुले गर्न पाउने कामको समय बढाउन लागिएको हो ।
जिज्ञानकुमार थापाको फेसबुक स्टाटसको आधारमा तयार