जापानमा गोर्खाली रनिङ कप फुटबल हुँदै

Posted on: May 02, 2016 | views: 322

१२ फागुन, टोक्यो ।
टोकियो ब्रदर्श मनकामना फुटबल क्लबको आयोजनामा जापानमा दोस्रो सेभेन ए साईड गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता हुने भएको छ ।

नयाँ बर्ष २०७३ को अवसर पारेर अप्रिल ३ तारिखमा प्रतियोगिता गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने टिमले ३० हजार जापानी येन सहित आगामी मार्च ३० तारिख भित्रमा टिम दर्ता गराइसक्न आयोजकले आग्रह गरेको छ ।

प्रतियोगिताको विजयी टिमले नगद २ लाख २२ हजार २२२ जापानी येन र ट्रफी पाउनेछ । यस्तै दोस्रो हुनेले १ लाख जापानी येन र ट्रफी हात पार्नेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर र सर्वाधिक गोलकर्ताले पनि जनही ५ हजार जापानी ऐन र ट्रफी पाउने आयोजकको भनाई छ ।

प्रतियोगिता अप्रिल ३ तारिखमा सौरमुन सोसेर ग्राउण्ड साइतामा केन तोदाशी सासेम १–३८ स्टेशनमा हुँदैछ ।