नेपाल जापान विधार्थी समाजको प्रथम वार्षिक उत्सव सम्पन्न

Posted on: May 30, 2016 | views: 599

जापान ( टोक्यो ) - नेपाल जापान विधार्थी समाजको ' प्रथम वार्षिक उत्सव तथा विशेष सास्कृतिक महोत्सव २०१६ ' भब्यताका साथ सम्पन्न भएको छ । उदघाटन सत्रमा प्रमुख अतिथी गेहेन्द्र राज भण्डारी , एन आर एन जापानका अध्यक्ष सुदन थापा , बौद्दिक ब्यक्तीत्व जिज्ञान कुमार थापा र सस्थाका अध्यक्ष सन्तोष चोखालले रिबन काटेर कार्यक्रम सुरु गर्नु भएको थियो ।

टोक्योको सिनोकुबोको रोधी क्लवमा सम्पन्न वार्षिक उत्सवमा बौद्दिक क्षेत्र तथा सामाजिक क्षेत्रमा सकृय ब्यक्तीहरु जिज्ञान कुमार थापा , डा होम बहादुर रिजाल , लता शाक्य , दीपक बाबु नेपाल,  डा प्रकाश शाक्य , राजन केसी ,  प्रविन जोशी , भुवन शंकर भट्ट , जिवक बज्राचार्य , दिनु बज्राचार्य , रुपा  सिंहलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा जापान सम्बंधी विविध जानकारी सहितको ' विधार्थी डायरी ' र 'गोजी पात्रो ' कार्यक्रमका प्रमुख अतिथी कार्यवाहक राजदुत गेहेन्द्र राजभण्डारी , पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल र सस्थाका अध्यक्ष सन्तोष चोखालले संयुक्त रूपमा विमोचन गर्नु भएको थियो ।

जापान मै विशेष रुपमा सम्पन्न गरिएको कार्य्रक्रममा बोल्दै कार्य्रक्रमका प्रमुख अतिथी समेत रहनु भएका कार्यवाहक राजदुत गेहेन्द्र राजभण्डारीले सम्पुर्ण विधार्थीहरुलाई आफ्नो लक्ष्यमा हिड्न आग्रह गर्नु भयो । विधार्थी जिवन महत्वपुर्ण भएको भन्दै सबैले मेहेनतका साथ अध्ययन गर्न आग्रह गर्नु भयो । त्यसैगरी कार्यक्रममा जिज्ञान कुमार थापा , एन आर एन आइसिसी सदस्य कपिल देव थापा , एन आर एन जापानका अध्यक्ष सुदन थापा , सस्थाका सल्लाहाकार तथा हामिले नगरे कसले गर्ने ?

अभियान जापानका संयोजक दिपक बाबु नेपाल, नेपाल पत्रकार महासंघ जापान अध्यक्ष तिलक मल्ल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सस्थाका उपाध्यक्ष समिर देव खनालले स्वागत मन्तब्य राख्नु भएको कार्य्रक्रममा सस्थाका महासचिव चेतन पौडेलले वार्षिक प्रतिबेदन , भावी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । पहिलो चरणको कार्यक्रम संचारकर्मी राजन गौतमले संचालन गर्नु भएको थियो । दोस्रो चरणको कार्य्रक्रम  सस्थाका सदस्य रविन शर्माले संचालन गर्नु भएको थियो ।

कार्यक्रममा दिब्या नेपाल, रामकृष्ण बम मल्ल , सुर्य खड्का , बिनोद भण्डारी , समुन्द्रराज पौडेल , कुमार श्रेस्ठ ' फर्सिलाल ' , प्रदिप कार्की , संगीता क्षेत्री , सनम शाही , दिपेश श्रेस्ठ , केशव शर्माले आफ्नो प्रस्तुती दिनु भएको थियो । कार्यक्रममा राम बहादुर थापा उपनामबाट चिनिने जापानी नागरिकले मजाले रमाइलो तरिकाबाट नेपाली भाषामा कुरा गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष सन्तोष चोखालको सभापतित्वमा सम्पन्न भयको थियो ।